भरतपुर फैसला आज, के होला त ?



काठमाडौं । आइतबार मात्र प्रधानन्यायाधिश पाएको सर्वोच्च अदालतले लामो समयदेखि भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को फैसला गर्न सेकेको छैन ।

यसअघि पटकपटक बाहना बनाएर फैसला सार्ने काम भइरहेको थियो । विभिन्न बाहना पटकपटक इजलास सारेपनि आज तोकिएको इजलास अघि बढ्ने सबैले विश्वास गरेका छन् । भरतपुर १९ को इजलास आज दिउँशोका लागि तोकिएको छ ।
निर्वाचन आयोगले भरतपुर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्ष मतगणना सुचारु गर्नुपर्ने मागसहित सर्वोच्च आदालतमा रिट दायर गरेको थियो ।

सोही गाउँका मतदाता समेत रहनुभएका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गर्नुभएको थियो । उक्त रिटको पेशी आज तय गरिएको हो ।

भरतपुर महानगरपालिकामा रेणु दाहाल र देवी ज्ञवालीबीच रोचक प्रतिष्पर्धा छ । प्रचण्डपुत्री रेणु नेकपा माओवादी केन्द्र र कांग्रेसको साझा उम्मेदवार हुनुहुन्छ भने ज्ञवाली एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्