भरतपुर फैसला आज, के होला त ?



हाम्रो इकोनोमि

काठमाडौं । आइतबार मात्र प्रधानन्यायाधिश पाएको सर्वोच्च अदालतले लामो समयदेखि भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को फैसला गर्न सेकेको छैन ।

यसअघि पटकपटक बाहना बनाएर फैसला सार्ने काम भइरहेको थियो । विभिन्न बाहना पटकपटक इजलास सारेपनि आज तोकिएको इजलास अघि बढ्ने सबैले विश्वास गरेका छन् । भरतपुर १९ को इजलास आज दिउँशोका लागि तोकिएको छ ।
निर्वाचन आयोगले भरतपुर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्ष मतगणना सुचारु गर्नुपर्ने मागसहित सर्वोच्च आदालतमा रिट दायर गरेको थियो ।

सोही गाउँका मतदाता समेत रहनुभएका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गर्नुभएको थियो । उक्त रिटको पेशी आज तय गरिएको हो ।

भरतपुर महानगरपालिकामा रेणु दाहाल र देवी ज्ञवालीबीच रोचक प्रतिष्पर्धा छ । प्रचण्डपुत्री रेणु नेकपा माओवादी केन्द्र र कांग्रेसको साझा उम्मेदवार हुनुहुन्छ भने ज्ञवाली एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...