बलात्कार काण्डका मतियार एसपी बन्दै,रुकुम बसेकालाई बढुवा गर्न गृहमन्त्रीको कचकच्



जघन्य अपराधमा संलग्न भएकालाइ सरक्षण गरेको आरोप खेप्दै नेपाल प्रहरीको मध्यक्षेत्र कार्यालयबाट कारवाहीका लागि सिफारिस भएका डिएसपीलाई प्रहरी हेडक्वार्टरले एसपीमा बढुवाका लागि सिफारिस गरेको छ । उनलाई सिफारिश गरेपछी पिडित थप पिडामा छन्।

साढे पाँच बर्षअघि रामेछापको लिखु गाउँपालिका २ सैपुकी १४ वर्षीया सुन्तली तामाङको हत्या र बलात्कारमा सलग्न श्याम राउतलाई भगाउने र पीडितको जाहेरीसमेत लिन नमानेको आरोप लागेपछि शर्मालाई तत्कालै हेडक्वार्टर तानिएको थियो । र उनको संलग्नता पनि केहि हद सम्म पुष्टी भएको थियो।

प्रहरी प्रधान कार्यालयले ३५ डीएसपीलाई एसपीमा बढुवा गर्न गरेको सिफारिस सूचीको ३५ औं नम्बरमा सन्जिव शर्मा दासको नाम छ, जसलाई सुन्तली प्रकरणमा बिभागीय कारवाहीका लागि यसै साता मात्र सिफारिस गरिएको थियो ।दोषीमाथि कारबाहीको माग गर्दै सुन्तलीको आमा डिल्लीमाया निरन्तर न्यायको खोजीमा हिँडिरेहकी छन् ।राष्ट्रिय मानवअधिकार आयोगले पनि शर्मालाई कारवाही गर्न निर्देशन दिएको थियो । उनलाई बढुवा गर्न उपेन्द्रकान्त आर्यालले प्रहरी प्रमुखलाइ दबाब दिएका छन्।

उता गृहमन्त्री जनार्दन शर्माले पनि रुकुम वसेका डिएसपी इश्वर कार्कीलाई बढुवामा अघि ल्याउन दवाव दिएका थिए । कार्की वरियतामा नौ नम्वरमा रहेका थिए । शर्मा निकट अवकासप्राप्त एआईजी शुरेन्द्र बहादुर शाहले डिएसपी मनोज केसीलाई बढुवा गर्न मन्त्री शर्मालाई दवाव दिएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको