भारतमा राष्ट्रपतिका लागी आज हुने चुनाबमा दुई दलितको भिडन्त



विश्वकै ठूलो प्रजातान्त्रिक मुलुकका रुपमा रहेको भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ। साउन ९ गते बाट बर्तमान राष्ट्रपतिको कार्यकाल सकिदै छ।
सत्तारुढ भारतिय जनताको पार्टीको गठवन्धनबाट रामनाथ कोबिन्द उम्मेदवार बनेका छन् भने विपक्ष कांग्रेस आईको गठवन्धनबाट पूर्व सभामुख मिराकुमारलाई उम्मेदवार बनाइएको। राष्ट्रपतिका दुवै उम्मेदवार दलित समुदायका हुन्।

नयाँ राष्ट्रपतिका रुपमा रामनाथ कोबिन्द निर्वाचित हुने करिब करिब निश्चित जस्तै छ।
इलेक्ट्रोरल कलेजको आधारमा राष्ट्रपति चुन्दै आएको भारतमा दुबै सदनका सदस्यहरुको भोटको आधारमा नयाँ राष्ट्रपति चिनिने व्यवस्था छ।
अहिले पनि भारतीय जनता पार्टीको पक्षमा दुबै सदनमा बहुमत रहेकाले भाजपाले अघिसारेका उम्मेदवार कोबिन्द नै राष्ट्रपति चुन्ने पक्का पक्की छ।
नयाँ राष्ट्रपति बन्न लागेका ७२ वर्षिया दलित नेता कोबिन्दले यसअघि भारतीय सर्वोच्च अदालतको सरकारी वकिलको रुपमा काम गरिसकेका छन्, साथै उनी एकपटक प्रान्तीय गर्भनर पनि बनिसकेका छन् ।

कोबिन्दले उम्मेदवारी दर्ताका क्रममा आफुले गर्भनरको रुपमा जिम्मेवारी निर्वाह गरिसकेको र त्यस समयदेखि आफू कुनै पार्टीसँग आवद्ध नभएको बताएका थिए।उनले भारतको राष्ट्रपतीय पद राजनीति भन्दा माथि रहेको भन्दै आफुले यो भूमिका सोही अनुसार निर्वाह गर्ने बताएको बिबिसीले जनाएको छ।
उता कंग्रेस र कम्युनिष्ट पार्टीसहितको विपक्षी गठबन्धनले कोबिन्दका विपक्षमा उठाएको उमेदवार मिरा कुमारले भने आफ्नो उम्मेदवारी कोबिन्दको सिद्धान्तलाई चुनौती दिनलाई भएको बताएकी छिन्।

भारतमा कार्यकारी अधिकार प्रधानमन्त्रीमा भएपनि विशेष अवस्थामा राष्ट्रपतिको विशेष भूमिका हुने गर्दछ।
भारतीय राष्ट्रपतिले संसदीय चुनावको नतिजा अनिर्णित भएमा र सरकार बनाउन धेरै समय लाग्नेस्थिती देखिएमा आफ्नो विशेष अधिकार प्रयोग गरि कुनै एक पार्टीलाई सरकार गठनको जिम्मेवारी दिन सक्दछन्।

अाज मतदान सकिएपनि मतगणना कार्य भने साउन ५ गते हुने छ। त्यसपछि निर्वाचित नयाँ राष्ट्रपतिले साउन ९ गते पदमुक्त हुने वर्तमान राष्ट्रपति प्रणव मुखर्जीलार्इ विदार्इ गरी अाफूले पदभार ग्रहण गर्नेछन्। त्यस पछि मात्र प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जादैछन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय