रातिको समयमा बिपी राजमार्गमा आवतजावत रोक



हाम्रो इकोनोमि

काठमाडौं । यातायात व्यवस्था विभागले बिपी राजमार्गमा रातिको समयमा चल्ने भाडाका सवारीसाधन आवतजावतमा रोक लगाएको छ ।

विभागमा आज विभागका पदाधिकारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच बसेको बैठकले भोलिदेखि रात्रिकालीन समयमा राजमार्गमा चल्ने भाडाका सवारी आवतजावतमा रोक लगाउने निर्णय गरेको हो ।

विभागका प्रवक्ता डा टोकराज पाण्डेले साँघुरो बाटोमा धेरै सवारीसाधन आवतजावत गर्दा दुर्घटना धेरै हुँदै गएको भन्दै उक्त राजमार्गमा चल्ने भाडाका सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिनुभयो । उक्त राजमार्गमा भाडाका साना सवारीसाधन चल्दै आएका छन् ।

बैठकले काठमाडौँ उपत्यकामा अनलाइन सेवामार्फत सवारीसाधन अनुमतिपत्र ९लाइसेन्स०को फर्म भर्ने व्यवस्थासमेत गरेको छ ।

यसैगरी, विभागले आजदेखि देशभर सवारीसाधन अनुमतिपत्र ९लाइसेन्स०को सट्टा देशभर स्मार्ट कार्ड प्रणाली लागू गरेको छ । विसं २०७२ मंसिरदेखि वागमती अञ्चल कार्यालयमा शुरु गरेको स्मार्ट कार्ड प्रणाली आजदेखि अन्य १३ अञ्चलमा पनि लागू गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बिपी राजमार्ग साँघुरो र सडकको अवस्था राम्रो नभएकाले आफूहरुले उक्त निर्णयमा सहमति जनाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...