गाउँपालिकाको विकासका लागि भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा



हाम्रो इकोनोमि

पोखरा । स्थानीय माछापुच्छ्रे गाउँपालिकाले त्यस क्षेत्रको समग्र विकासका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७४– ७५ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख कर्ण गुरुङले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै भौतिक एवम् सामाजिक विकासका लागि केही योजना अघि बढाइएको जानकारी दिनुभयो ।

गाउँपालिकाको आव २०७४–७५ का लागि रु ३९ करोड ४७ लाख २३ हजार विनियोजन गरिएकामा पुँजीगततर्पm जनसहभागिता सहित रु १७ करोड सात लाख ८६ हजार ५०० र पूर्वाधार विकासतर्पm रु ११ करोड ५८ लाख ५५ हजार, सामाजिक विकास तर्पm रु दुई करोड ३५ लाख ३० हजार, आर्थिक विकास तर्पm रु ५९ लाख, वातावरण विकास तथा सेवा प्रवाहमा रु ९८ लाख २३ हजार, वित्तीय व्यवस्थापन रु १० लाख प्रस्ताव गरिएको छ ।

चालु पुँजीतर्पm रु २२ करोड ३९ लाख ३६ हजार ५०० रहेको सो गाउँपालिकाको नीति तथा कार्यक्रममा विशेषगरी बञ्जीजम्प, क्यानोनिङ, ¥याप्mटिङ, प्याराग्लाडिङ, हनी हन्टिङ र रक क्लाइमिङकजस्ता सहासिक खेलको सम्भाव्यता अध्ययन गरी पर्यटन प्रवद्र्धन गर्ने योजना रहेकोछ ।

विश्व प्रसिद्ध माछापुच्छ्रे हिमालको काँखमा रहेर पाँच सय ४४.५० वर्ग किलोमिटर क्षेत्रफलमा पैmलिएको नौ वडा रहेको सो गाउँपालिकामा २०६८ सालको जनगणनाअनुसार २१ हजार ८६८ जनसंख्या छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...