गाउँपालिकाको विकासका लागि भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा



हाम्रो इकोनोमि

पोखरा । स्थानीय माछापुच्छ्रे गाउँपालिकाले त्यस क्षेत्रको समग्र विकासका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७४– ७५ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख कर्ण गुरुङले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै भौतिक एवम् सामाजिक विकासका लागि केही योजना अघि बढाइएको जानकारी दिनुभयो ।

गाउँपालिकाको आव २०७४–७५ का लागि रु ३९ करोड ४७ लाख २३ हजार विनियोजन गरिएकामा पुँजीगततर्पm जनसहभागिता सहित रु १७ करोड सात लाख ८६ हजार ५०० र पूर्वाधार विकासतर्पm रु ११ करोड ५८ लाख ५५ हजार, सामाजिक विकास तर्पm रु दुई करोड ३५ लाख ३० हजार, आर्थिक विकास तर्पm रु ५९ लाख, वातावरण विकास तथा सेवा प्रवाहमा रु ९८ लाख २३ हजार, वित्तीय व्यवस्थापन रु १० लाख प्रस्ताव गरिएको छ ।

चालु पुँजीतर्पm रु २२ करोड ३९ लाख ३६ हजार ५०० रहेको सो गाउँपालिकाको नीति तथा कार्यक्रममा विशेषगरी बञ्जीजम्प, क्यानोनिङ, ¥याप्mटिङ, प्याराग्लाडिङ, हनी हन्टिङ र रक क्लाइमिङकजस्ता सहासिक खेलको सम्भाव्यता अध्ययन गरी पर्यटन प्रवद्र्धन गर्ने योजना रहेकोछ ।

विश्व प्रसिद्ध माछापुच्छ्रे हिमालको काँखमा रहेर पाँच सय ४४.५० वर्ग किलोमिटर क्षेत्रफलमा पैmलिएको नौ वडा रहेको सो गाउँपालिकामा २०६८ सालको जनगणनाअनुसार २१ हजार ८६८ जनसंख्या छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...