ममताले भनिन-नेपालका माओबादीले गोर्खाल्याण्ड उचाले, भाजपाका नेता भन्छन- अंग्रेज संगै लखेट्नु पर्थ्यो गल्ती भयो



भाजपाले दार्जिलिंङ पर्वतीय क्षेत्रलाई अलग गोर्खा राज्य हुनुपर्नेमा जोड दिएको छ । यही अलग राज्य मागलाई लिएर त्यहाँ अवस्थित नेपाली मुलका नागरिकहरुले गोर्खाल्यान्डको माग गर्दै दिन प्रतिदिन आन्दोलनलाई चर्काउँदै लगेका छन् । यसका कारण यो क्षेत्रको अवस्थामा तनाव बढ्दै गएको छ ।

आफ्नो छुट्टै पहिचानको लागी दार्जिलिंङबासीले गोर्खाल्यान्डको माग गरेका हुन् । यो माग भाजपाका जिल्ला उपाध्यक्ष नंन्दन दासले यो निकै गहिरो रुपमा अगाडी बढीसकेकोले यसको जिम्मेवारी पनि त्यहाँको सबै जनताले लिनुपर्नेमा जोड दिएका छन् । यो सही हो कि यहाँ बसोबास गर्ने जनताहरु कुनै बेला चिया बगानमा काम गर्नको निम्ति नेपालबाट आएका हुन् जुन समय तेहाँ अंग्रेजहरुले राज गर्दथे । साथै सयौं बर्ष अगाडी यो क्षेत्र चिया बगानको रुपमा स्थापित थियो । अंग्रेजहरुलाई धपाए झैं भारतबाट तत्कालिन अवस्थामा यि नेपालबाट आएका चिया बगानमा कार्यरत नेपाली मजदुर हरुलाई त्यही बेला अंग्रेजहरु संगै नेपाल पठाइदिएको भए सायद अहिले गोर्खाल्यान्डको माग गर्दैनथे होला तर धपाउन नसकेका कारण अहिले यो अवस्था सिर्जना भएको उनको दावी छ । दार्जिलिङ्ग क्षेत्रबाट भाजपाका २ सांसद निर्वाचित छन।

यो क्षेत्र गोरखपुर संग गाँसिएको भारतको एक हिस्सा हो, नेपालको हाईन । यिनिहरुले नेपाली भुमि भन्दा पनि जातिय राज्यको माग गर्नु स्वभाविक हो । गोर्खाल्यान्डको माग गर्नु उचित छैन । यो राज्य खासगरी पहिले नै दुईवटा भइसकेको छ पुर्वि र पश्चिम बंगाल गरी तर फेरी बखेडा झिकेर गोर्खाल्यान्डको माग गर्नु उचित देखिँदैन दासले भने। उता बंगालकी मुख्य मन्त्रीले भने गोर्खाल्याण्डको आन्दोलन चर्काउन नेपालका माओबादीको हात रहेको आरोप लगाएकी छिन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय