साउन लागेसंगै हरियो चुरा र मेहन्दीको व्यापारमा वृद्धि



हाम्रो इकोनोमि

महोत्तरी । साउन महिना शुरु भएलगत्तै स्थानीय बजारमा हरियो रङका चुरा र मेहन्दीको व्यापार बढेको छ ।
यहाँका महिलाले साउन महिनाभर प्रायःजसो हरियो चुरा र मेहन्दी लगाउने गर्छन् । सदरमुकाम जलेश्वर, औरही, गौशाला, बर्दिबास, रामगोपालपुरलगायत हाट बजारमा सञ्चालित शृंगारिक पसलमा हरियो चुरा खरिद गर्नेको वृद्धि भएको छ । साउन महिना आएलगत्तै हरियो चुरा र महेन्दीलगायत अन्य शृंगारिक सामानको बिक्री राम्रो भइरहेको गौशाला बजारमा अञ्जली शृंगार पसल सञ्चालन गर्दै आउनुभएका रामधनी महतोेले बताउनुभयो ।
हुन त हरेक याममा यस्ता सामग्रीको कारोबारमा वृद्धि भए तापनि साउनमा भने यस्ता सामग्रीको बिक्रीबाट मनग्य आम्दानी हुँदै आएको महतोले जानकारी दिनुभयो ।

साउन धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले वर्षमा एक महिनाभरि आफूहरु हरियो चुरा लगाउँदै आएको गौशाला नगरपालिकाकी आरती सिंहको भनाइ छ । महिलाले लगाउने हरियो रङ प्रेम र वातावरणको प्रतीक मानिएकाले हरियो चुराको महत्व साउनमा बढिरहेको सिंहले बताउनुभयो । विवाहिताले पतिको सुस्वास्थ्य एवम् दीर्घायु र अविवाहितले सुयोग्य पतिको कामना गर्दै व्रत बस्ने चलन छ । यस महिनामा विशेष गरी प्रत्येक सोमबार महिला व्रत बस्छन् ।
शिवालय, हरियो चुरा र जलार्पण
इटहरी– हरेक वर्ष साउन महिना हिन्दू धर्म मान्नेका लागि निकै भक्तिभाव प्रकट गरिने महिनाका रुपमा मानिँदै आएको पाइन्छ । साउनभरि नेपाल भूमिमा रहेका प्रत्येक शिवालयमा बिहानै शिवको आराधनाका लागि भक्तजनको घुइँचो लाग्छ ।

नेपाली हिन्दू नारीले विशेष गरेर साउनलाई हर्षोल्लास अनि भक्तिको महिनाका रुपमा मनाउने प्राचीनकालदेखिको परम्परा अझै पनि बढ्दो देखिन्छ । हातमा मेहन्दी लगाउने अनि हरियो– पहँेलो– रातो– नीलो रङका चुरा लगाई पहेँलो पोतेसहित भक्तिपूर्वक पूजापाठमा सक्रिय रहने हिन्दू महिलाको हुल शहर बजार र मन्दिर वरपर भेटिन्छ ।

धरानको पीण्डेश्वर शिवालयमा बराहक्षेत्र र चतरा कौशिकी तटबाट जल ल्याएर चढाउने कामले साउनभरि नै सुनसरी जिल्लाको गाउँ–शहर र बजार महिलामय बन्ने गरेको छ । पहेँलो वस्त्र धारण गरेर ‘बोलबम’को नारा लगाउँदै जल उठाउन बराहक्षेत्रको सप्तकोशी र कोका नदी अनि चतराको कौशिकी तटमा हजारौँ भक्तजन पिण्डेश्वर जान्छन् । यसबाट मनोकांक्षा पूरा हुने विश्वास छ ।

त्यसबाहेक स्थानीय धारा, कुवा, तलाउ, खोलालगायत स्थानबाट पनि बोलबमको नारा लगाउँदै शिवप्रति भक्ति दर्शाउँदै नारी र पुरुष सकेसम्म गलामा रुद्राक्षको माला धारण गरी जल लिएर पिण्डेश्वरमा चढाउन जान्छन् । हरेक वर्ष धरानको पिण्डेश्वर शिवालयमा जल अर्पण गर्ने भक्तजनको घुइँचो बढिरहेको देख्दा धर्मप्रति आस्था पनि बढिरहेको सन्देश प्राप्त हुन्छ।

पछिल्लो समय हातभरि मेहन्दी लगाएर सजिसजाउ हुँदै हिन्दू महिलाले शिवको पूजापाठ, आराधना र भक्तिभाव प्रकट गरेर देखाउँदै आएको सक्रियता र बोलबम तीर्थयात्रा गर्ने परम्पराले हिन्दू धर्मको महिमा अझ तिखारिँदै गएको हो कि भन्ने आभास बढिरहेको छ ।

साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृंगारिक पसलमा चुरापोते अनि पहेँला वस्त्र खरिदकर्ताका भिडले व्यापार बढिरहेको देखिन्छ । अर्कातर्फ धार्मिक पर्यटकको भीड र घुइँचोले पूर्वी नेपालका सुनसरी, मोरङ, झापा, धनकुटालगायत शहरका बजार पहँेला वस्त्रले सजिसजाउ देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...