अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । शर्मा सहितका मतियारले १० अर्ब २ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा उनीबिरुद्ध मुद्दा दायर गरेको हो ।कलियुगका कुबेरका रुपमा चिनिएका भ्रस्ट शर्मा अझै केहि महिना जेलमै बस्नुपर्ने भएको छ।
आइतबार विहान विशेष अदालतमा शर्मासँगै कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरिएको छ। शर्मा झन्डै दुइ महिना अघी समातिएका थिए। शर्मा अहिले पनि अख्तियारको हिरासतमा छन् । तर, महत र ढकाल भने फरार छन् । कर फ्छ्र्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम गरेको नदेखिएको भन्दै अख्तियालर छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गरेको छ ।