६८० बालबालिकालाई सौर्य टुकी वितरण



हाम्रो इकोनोमि

कञ्चनपुर । उज्यालोबाट वञ्चित भई पढ्न नपाउने अवस्थाका कञ्चनपुरका ३६ विद्यालयका ६८० बालबालिकालाई निःशुल्करुपमा सौर्य टुकी वितरण गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय र जिल्ला समन्वय समिति, कञ्चनपुरको समन्वयमा शिक्षाका लागि उज्यालो कार्यक्रमअन्तर्गत कक्षा ९ र १० मा पढ्दै आएका सीमान्तकृत, दलित, आर्थिक विपन्नता भएका बालबालिकालाई सौर्य टुकी वितरण गरिएको हो ।

“विद्यालयले छनोट गरी पठाएको विवरणका आधारमा सौर्य टुकी वितरण गरेका छौँ” – जिल्ला समन्वय समिति कञ्चनपुरका वातावरण ऊर्जा तथा जलवायु परिवर्तन अधिकृत दिनेश लम्सालले भन्नुभयो । उहाँका अनुसार बेलौरी नगरपालिका क्षेत्रका छ विद्यालयका १२६, भीमदत्तनगरपालिका तीन विद्यालयका ७८, पुनर्वास नगरपालिका दुई विद्यालयका ८४, महाकाली नगरपालिका दुई विद्यालयका १८१, लालझाडी गाउँपालिका तीन विद्यालयका पाँच, बेदकोट नगरपालिका तीन विद्यालयका ३८, कृष्णपुर नगरपालिका छ विद्यालयका ११८, बेलडाँडी गाउँपालिका तीन विद्यालयका ६९ र शुक्लाफाँटा नगरपालिका दुई विद्यालयका २८ गरी ६८० बालबालिकालाई सौर्य टुकी वितरण गरिएको हो ।

विद्युत्भार कटौतीको असर शिक्षामा नपरोस् र उज्यालोबाट वञ्चित बालबालिकाले धुँवाबाट मुक्ति पाई पठनपाठनमा सघाउ पु¥याउने उद्देश्यले सौर्य टुकी वितरण गरिएको अधिकृत लम्सालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...