६८० बालबालिकालाई सौर्य टुकी वितरण



हाम्रो इकोनोमि

कञ्चनपुर । उज्यालोबाट वञ्चित भई पढ्न नपाउने अवस्थाका कञ्चनपुरका ३६ विद्यालयका ६८० बालबालिकालाई निःशुल्करुपमा सौर्य टुकी वितरण गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय र जिल्ला समन्वय समिति, कञ्चनपुरको समन्वयमा शिक्षाका लागि उज्यालो कार्यक्रमअन्तर्गत कक्षा ९ र १० मा पढ्दै आएका सीमान्तकृत, दलित, आर्थिक विपन्नता भएका बालबालिकालाई सौर्य टुकी वितरण गरिएको हो ।

“विद्यालयले छनोट गरी पठाएको विवरणका आधारमा सौर्य टुकी वितरण गरेका छौँ” – जिल्ला समन्वय समिति कञ्चनपुरका वातावरण ऊर्जा तथा जलवायु परिवर्तन अधिकृत दिनेश लम्सालले भन्नुभयो । उहाँका अनुसार बेलौरी नगरपालिका क्षेत्रका छ विद्यालयका १२६, भीमदत्तनगरपालिका तीन विद्यालयका ७८, पुनर्वास नगरपालिका दुई विद्यालयका ८४, महाकाली नगरपालिका दुई विद्यालयका १८१, लालझाडी गाउँपालिका तीन विद्यालयका पाँच, बेदकोट नगरपालिका तीन विद्यालयका ३८, कृष्णपुर नगरपालिका छ विद्यालयका ११८, बेलडाँडी गाउँपालिका तीन विद्यालयका ६९ र शुक्लाफाँटा नगरपालिका दुई विद्यालयका २८ गरी ६८० बालबालिकालाई सौर्य टुकी वितरण गरिएको हो ।

विद्युत्भार कटौतीको असर शिक्षामा नपरोस् र उज्यालोबाट वञ्चित बालबालिकाले धुँवाबाट मुक्ति पाई पठनपाठनमा सघाउ पु¥याउने उद्देश्यले सौर्य टुकी वितरण गरिएको अधिकृत लम्सालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...