खाल्डोले खायो मायाको नासो, कठै बिनिता राज्यलेनै थाप्यो तिमीलाई पासो



अबब्यस्थित शहरीकरणले पारेको असर र सडकमा पारिएका खाल्डाखुल्डी राम्रो संग निर्माण नभएको ढल निकासका कारण राजधानीबासीले सास्ती खेप्नु परेको धेरै वर्ष भयो। सडक निर्माणका लागी ठेक्का दिने बित्तिकै काम तमाम भयो भन्ने सरकारी अधिकारीहरुको द्रब्य लालचाले गर्दा राजधानीका प्राय जसो सडक र त्यहाँ रहेका ठुला ठुला भडखाला नागरिकको पासो बन्न थालेका छन्। हो राज्यले थापेको त्यस्तै पासोमा परेर अबोध बालिकाले ज्यान गुमाउनु परेको छ।

शुक्रबार परेको अविरल बर्षाका कारण राजधानीका सडक जलमग्न थिए,पानीले गर्दा सबै सम्म देखिन्थ्यो। कहाँ खाल्डा छन,भन्ने भेउ पाउन समस्या थियो तर खाल्डा नभएको सडक कतै थिएन। जताजतै खन्चुवा कर्मचारीको पिडा र कामचोर ठेकेदारको रजाईमा अलपत्र सडकमा खाल्डा खुल्डी मात्र थिए।त्यहि माथी पानीको बेप्रवाह बर्षाले सडक मिनी नदी बनेको थियो। राज्यले थपेको पासोमा मिनी नदीको बेगले स्कुल बाट घर फर्किएकी ११ वर्षीया एउटी बालिकालाई बगाएर ज्यानै लियो। काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर–११ नेपालटारका राजन फुयालकी ११ वर्षीया छोरी विजिता सडकको पासो त्यहि खाल्डोमा परिन,भेलले भगायो र उनको बाँकी जीवन पनि त्यति मै सिमित बन्यो।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।