सामाजिक कार्यमा योगदान पु¥याउने सातजना प्रहरी सम्मानित



हाम्रो इकोनोमि

महोत्तरी । सेभ जलेश्वरको साप्ताहिक सरसफाइ कार्यक्रम अन्तरगत आज १४ औं साताको सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरीलाई सामाजिक कार्यमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको छ ।

जलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरीका उपरीक्षक प्रकाश श्रेष्ठसहित सातजना प्रहरी जवानलाई सम्मानित गर्दै मायाको चिनो प्रदान गरिएको हो ।

प्रहरी उपरीक्षकसँगै सशस्त्र प्रहरी हबल्दार बुद्धिलाल घलान, सशस्त्र प्रहरी सहायक हबल्दारद्वय शङ्करप्रसाद चौधरी र भक्तबहादुर माझी सशस्त्र प्रहरीका जवान विनोद कार्की, शालिग्राम पौडेल, सहदेव खत्री र हेमलाल गुरुङलाईसमेत मायाको चिनो प्रदान गरिएको छ ।

सेभ जलेश्वरले विगत १४ सातादेखि जलेश्वरको विकासको लागि सरसफाइ तथा धार्मिक तथा सार्वजनिकस्थलको जीर्णोद्वारका लागि प्रयास गर्दै आएकोमा अभियानसँगै भार्गवशर कुटी र पोखरीमा सरसफाइ तथा मन्दिर तथा पाटी,पौवा र घाट मर्मतमा सहयोग पु¥याएको भन्दै उनीहरुलाई सम्मानित गरेको अभियन्ता रञ्जन भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...