सामाजिक कार्यमा योगदान पु¥याउने सातजना प्रहरी सम्मानित



हाम्रो इकोनोमि

महोत्तरी । सेभ जलेश्वरको साप्ताहिक सरसफाइ कार्यक्रम अन्तरगत आज १४ औं साताको सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरीलाई सामाजिक कार्यमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको छ ।

जलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरीका उपरीक्षक प्रकाश श्रेष्ठसहित सातजना प्रहरी जवानलाई सम्मानित गर्दै मायाको चिनो प्रदान गरिएको हो ।

प्रहरी उपरीक्षकसँगै सशस्त्र प्रहरी हबल्दार बुद्धिलाल घलान, सशस्त्र प्रहरी सहायक हबल्दारद्वय शङ्करप्रसाद चौधरी र भक्तबहादुर माझी सशस्त्र प्रहरीका जवान विनोद कार्की, शालिग्राम पौडेल, सहदेव खत्री र हेमलाल गुरुङलाईसमेत मायाको चिनो प्रदान गरिएको छ ।

सेभ जलेश्वरले विगत १४ सातादेखि जलेश्वरको विकासको लागि सरसफाइ तथा धार्मिक तथा सार्वजनिकस्थलको जीर्णोद्वारका लागि प्रयास गर्दै आएकोमा अभियानसँगै भार्गवशर कुटी र पोखरीमा सरसफाइ तथा मन्दिर तथा पाटी,पौवा र घाट मर्मतमा सहयोग पु¥याएको भन्दै उनीहरुलाई सम्मानित गरेको अभियन्ता रञ्जन भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...