मकवानपुर प्रहरीद्धारा ७० लाखको अवैध सुन बरामद



हाम्रो इकोनोमि

 

हेटौंडा–मकवानपुर प्रहरीले भन्सार छली गरी ल्याएको ७० लाख ५९ हजार रुपियाँ बराबरको अबैध सुन सहित एक भारतियलाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलिले हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातामाटे चेकपोष्टबाट काठमाडौंबाट बिरगंञ्जतर्फ जांदै गरेको ना.१.ज. ४०२९ को टाटा सुमो चेकका क्रममा भारत बिहारथाना रक्सौलका ३५ वर्षिय को सुमन कुमारलाई सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए । भन्सार छली अबैध ढङ्गले ल्याएको एकसय ३० तोला ( १ किलो ५सय १६ ग्राम) सुन सहित कुमारलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले जानकारी दिए । बरामद गरिएको सुन आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया, बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...