मकवानपुर प्रहरीद्धारा ७० लाखको अवैध सुन बरामद



हाम्रो इकोनोमि

 

हेटौंडा–मकवानपुर प्रहरीले भन्सार छली गरी ल्याएको ७० लाख ५९ हजार रुपियाँ बराबरको अबैध सुन सहित एक भारतियलाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलिले हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातामाटे चेकपोष्टबाट काठमाडौंबाट बिरगंञ्जतर्फ जांदै गरेको ना.१.ज. ४०२९ को टाटा सुमो चेकका क्रममा भारत बिहारथाना रक्सौलका ३५ वर्षिय को सुमन कुमारलाई सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए । भन्सार छली अबैध ढङ्गले ल्याएको एकसय ३० तोला ( १ किलो ५सय १६ ग्राम) सुन सहित कुमारलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले जानकारी दिए । बरामद गरिएको सुन आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया, बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...