अर्थमन्त्रीका भाई दलाली गर्दै, कहाँ बाट उठाए साठी लाख?



कांग्रेसी वृतमा उति बिधी बिबादमा नपरेका ज्ञानेन्द्रबहादुर कार्की प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डलमा अर्थमन्त्री छन्। देउवाका बिश्वाश पात्र मात्र नभई पारिवारिक नाता भित्रका कार्की र देउवा एकै कुलका ज्वाई पनि हुन्।त्यसले पनि उनीहरुको सम्बन्ध थप प्रगाढ छ।हो तिनै सरल र बिबादमा नफसेका
अर्थमन्त्रीलाइ उनको परिवार बाटै फसाउने र बदनाम गराउने काम हुन् थालेको छ ।

ठेकेदारी गर्दै आएका कार्कीका सहोदर भाइका कारण अर्थमन्त्रीले बिबादमा जाकिनुपर्ने र अर्थमन्त्रीकै भाइले ठगी गरे भन्ने प्रकारका समाचार बाहिर आउने दिन नजिकिदै गएको कार्की निकट श्रोतको भनाइ छ। विशेषगरी कार्कीका आफ्नै भाइ लोकेन्द्र कार्कीले अर्थमन्त्रालयको सबैजसो काममा हस्तक्षेप गर्ने गरेका छन् । मन्त्रालयको कामदेखि सरुवा वढुवाका काममा समेत भाइ लोकेन्द्रले हस्तक्षेप गर्न थालेपछि कार्यकर्तादेखि परिवार समेत चिन्तित हुन थालेको बताइएको छ । मन्त्री कार्कीका कान्छा भाइ लोकेन्द्रले सबै काम आफै गरिदिने भन्दै घरमै मान्छे बोलाएर काम र काम गरेबापतको कमिसनको समेत बार्गेनिङ हुने गरेको छ । मंत्रीलाइ जानकारी दिएरै गरेको हो या त लोकेन्द्रले आफ्नै मनामोजीले गरेका हुन् त्यो खुल्न सकेको छैन।

एक हप्ता अघि मात्र लोकेन्द्रले एउटा घ्यु उत्पादन गर्ने कम्पनीको राजस्व छुट गरिदिने नाममा ६० लाख बिना लिएका छन्। यसअघि नेपाली सेनाका लागि ठेक्कापट्टाको काम गर्दै आएका लोकेन्द्र विवादमा समेत तानिएका थिए । कामभन्दा बढि कमिसनको खेलमा लाग्ने भनेर चिनिएका लोकेन्द्र अहिले दाइ अर्थमन्त्री भएको मौका छोपी कमिसनकै लागि दाइको छवि बिग्रने चिन्ता छोडेर शक्तिको दुरुपयोग गर्न लागेको आरोप लाग्न थालिसकेको छ । लोकेन्द्रले काम खोज्न मात्र एक दर्जन दलाल परिचालन गरेको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको