१० हजार क्षमताको कारागारमा २० हजार



हाम्रो इकोनोमि

तुलसीपुर । यहाँ केही समयदेखि निर्माण सुरु गरिएको नयाँ बन्दीगृहको आज उद्घाटन गरिएको छ ।

सो भवनको प्रअिज गजेन्द्रबहादुर श्रेष्ठले उद्घाटन गर्दै राज्यले कारागारलाई अब सुधारगृहका रुपमा परिणत गर्न लागिरहेको बताउनुभयो । कारागार विभागका महानिर्देशक गणेशप्रसाद भट्टराईले हाल नेपालमा २० हजार कैदीबन्दी रहेको र कारागारको क्षमता १० हजार मात्र रहेको जानकारी दिँदै कारागारलाई सुधार गर्न थप भौतिक पूर्वाधार निर्माण गर्नका लागि बजेट व्यवस्थापन भइरहेको बताउनुभयो ।

आजदेखि नै नयाँ बन्दीगृहमा पुरुष कैदीबन्दीलाई सारिएको छ । महिला बन्दी तथा कैदी भने पुरानै कारागार भवनमा बस्दै आएका छन् । रु पाँच करोड ९६ लाखको लागतमा सो बन्दीगृह निर्माण गरिएको हो । हाल तुलसीपुर कारागारमा १७० पुरुष र दुई नाबालिकासहित १९४ कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...