सन्दीपको कप्तानीमा यु–१९ टोली



हाम्रो इकोनोमि

काठमाडौं । सन्दीप लामिछानेको कप्तानीमा आइसिसी विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिताका लागि १४ सदस्यीय यु–१९ नेपाली युवा टोली छनोट गरिएको छ। सिंगापुरमा हुने छनोट प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरी, मोहम्मद आसिफ सेख, सन्दीप सुनार, प्रकाश केसी, अनिलकुमार साह, पवन सराफ, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, प्रनित थापामगर, अदिल खान, किशोर महतो, रिजन ढकाल, साहब आलमले युवा टोलीमा स्थान बनाएका छन्।

छनोट प्रतियोगिताका लागि नेपाली टोली शनिबार सिंगापुर जाने योजनामा रहेको छ। नेपालले राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा विश्वकप छनोट प्रतियोगिता खेल्नेछ।

बिहीबार दाससहितको आइसिसी टिमले नेपाली युवा टोली छनोट गरेको हो। आइसिसीको एसिया विकास प्रमुख वैंकटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, यु–१९ प्रशिक्षक दाससहितको टोलीले नेपालको युवा टोली छनोट गरेको हो। युवा टोलीको वैकल्पिक खेलाडीको रूपमा सन्दीप जोरा, विक्रमकुमार भुसाल, रसिद खान र सुशान्त सिंह थापाको नाम घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...