कोरिया एकता समाजद्वारा रु १२ लाख सहयोग प्रदान



विराटनगर । दक्षिण कोरियास्थित डेउ नेपाली एकता समाज (गजेदो)ले कोरियामा कार्यरत रहेका बेलामा मृत्यु भएका एक नेपालीलाई रु १२ लाख सहयोग प्रदान गरेको छ ।

दक्षिण कोरियाको डेउ कम्पनीमा कार्यरत विराटनगर – ३ बस्ने उमेशचन्द्र पौडेलको गत वैशाख २३ गते मृत्यु भएको थियो ।
समाजले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्व पौडेलकी छ वर्षीया छोरी युुनिशा पौडेलको पठनपाठनका लागि रु ११ लाख ६४ हजार ३४८ रकम प्रदान गरेको हो ।

उक्त रकम समाजका सचिव चन्द्र साङहाम्फेले विराटनगरस्थित नेपाल बँैक लिमिटेडमा रकम जम्मा गरी सोको भौचर पौडेलकी श्रीमती सुष्मा विष्ट पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।

सचिव साङहाम्फेले आगामी दिन थप सहयोग उपलब्ध गराउने आश्वासन समेत दिनुभयो ।
स्व पौडेलकी श्रीमती पौडेलले समाजद्वारा प्राप्त सहयोगबाट छोरीको अध्ययनका लागि ठूलो राहात मिलेको बताउनुभयो ।

एकवर्ष अगाडि स्थापना भएको उक्त समाजले यसअघि धुर्मुस सुन्तली फाउन्डेसन र महावीर पुनको विज्ञान केन्द्रलाई पनि सहयोग प्रदान गरेको पत्रकार सम्मेलनमा बताइयो ।

डेउ कम्पनीमा करिब एक हजार नेपाली कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
जेठ १० देखि १२ गतेसम्म एमाले चितवनको जिल्ला अधिवेशन

    नेकपा एमाले चितवनको जिल्ला अधिवेशन आउँदो जेठ १० देखि १२ गतेसम्म

दुईचार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावअघि गठबन्धन गरेर दुईचार सीट ल्याएर

सहकारी पीडितले गृहमन्त्रीलाई सोधे : जीबी राई खोई ?

    बुटवलको सुप्रिम सहकारीका बचतकर्ताहरुले सहकारी ठगीमा संलग्न गितेन्द्रबाबु (जीबी) राई सहितका

साना दोकान बन्द गरौं, कांग्रेस-एमाले मिलौं : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सृजना