एमाले भित्र शकुनी खोज्न को-को सक्रिय ?थाइल्याण्ड पुगेर प्रचण्ड यसरी बन्दैछन भारतको प्रिय



एमालेको अडान र लोकप्रियता प्रतिस्पर्धी पार्टीहरुका लागि नपचिरहेका बेला एउटा झुण्ड एमाले फुटाउन सकिने सुत्र सहित बिदेशी खुफिया एजेन्सी समक्ष पुगेका छन्। भारतीय शक्ती केन्द्रको नाममा यतिबेला दुइ गिरोह राजधानीमा सक्रिय छ।एउटा गिरोहले देउवा सरकारमा मन्त्री बनाइदिने भन्दै सत्ताधारी पार्टीका साम्सदलाइ उठबस गराउदै हिडेको छ। कांग्रेसका शेखर कोइराला,दिपक खड्का मात्र नभएर महामन्त्री समेतलाई उक्त समुहले उठबस गराईसकेको छ। पांच तारे होटलमा बसेर नेपालको सिंगो राजनीतिलाई डोर्याएको पारामा नेपालका साम्सद नचाउने खुफिया समुहले धेरै सुचना धुतीसकेको बुझिएको छ। सोही समुहलाई भेटेर खुशी बनेका दिपक खड्काले त फेरि मन्त्री बन्ने भए उताका मान्छेको अब म खास मान्छे हो भन्दै नजिकका लाइ दारु खुवाउन थालिसकेका छन।त्यो समूह संग कांग्रेस महामन्त्री संगै राखेर भेट गराउने एक व्यक्तीले खड्का संग लाखौ असुलिसकेका छन। बिगतमा सुशील कोइरालालाइ गाडी दिएर कांग्रेसको राजनीतिमा जोडिएका खड्काले २०६३ सालमा मात्र कांग्रेसको सदस्यता लिएका हुन्।अब उनी कांग्रेस महामन्त्रीको कोटा बाट खानेपानी मन्त्री बन्दैछन।

 

भारतीयको अर्को जत्थाले एमाले फुटाउने आन्तरिक तयारी गरेको छ। अनेक प्रभावमा पारि उसले एमाले बिरुद्व जनमत बनाउने र त्यहाँ भित्रै खेलेर भएपनि एमाले फुटाउने नसके सिथिल पार्ने रणनीति अख्तियार गरेको छ।कतिसम्म भने उक्त समुहले सो पार्टीका केहि प्रभाबशाली नेतालाई आफ्नो पक्षमा पारिसकेको छ। केपी ओली संग असहमति राख्ने केहि साम्सद समेत त्यो योजनामा परिसकेका छन्। मंगलबार साझ मात्र एमालेका एकजना चतुर नेता संग सो समुहको ३ घण्टा मिटिंग भएको श्रोतको भनाइ छ। थरि थरीका तुरुप फरक फरक समुहलाई फालेर जसरि हुन्छ एमालेलाइ कमजोर तुल्याउन लागेको खुफियाको समुहले कांग्रेस,माओबादी र राजपालाइ समेत प्रयोग गरिरहेको छ। भरपर्दो श्रोतका अनुसार प्रचण्ड सोहि योजना अन्तर्गत श्रीमतीको उपचारका नाममा थाइल्याण्ड गएका हुन्। राजधानीमा सक्रिय गुप्तचर समूह संग छलफल गर्न प्रभु साह लाइ खटाएर थाइल्याण्ड पुगेका प्रचण्ड आज स्वदेश फर्कने बुझिएको छ।

स्रोतका अनुसार थाईल्याण्डमा भईरहेको आसीयान दक्षिण पुर्वी एसियाली संगठनको सम्मेलनमा भाग लिने क्रममा भारतीय र चिनियाँ केही गुप्तचर एजेन्सीका प्रमुखहरु प्रतिनिधि थाईल्याण्डमै गएका छन । प्रचण्डले उनीहरुलाई भेट्ने योजना बनाएरै थाइल्याण्ड गएको बुझिएको छ ।
थाइल्याण्डको भेटाइमा उनले भारतीय पक्षसँग आफ्नो सरकारले वान बेल्ट वान रोडको सहमतिमा किन हस्ताक्षर गर्नु पर्यो भनि सम्झाउने प्रयासमा लाग्ने छन् । उनले नेपालको संविधान संशोधनका पक्षमा आपूले गरी रहेको प्रयासका बारे पनि छलफल गर्न सक्ने बुझिएको छ ।

त्यसो त उनले भारतीय सुत्रसँग बुढी गण्डकी परियोजना चाईनालाई दिनुपर्ने बाध्यताका बारेमा पनि भारतीय पक्षलाई सम्झाउने बुझिएको छ । अहिले पछिल्लो समय भारतीय पक्षहरु शेर बहादुर देउवा सरकारसँग त्यती सन्तुष्ट नभएको बुझिएको छ । त्यसैले उनले भेटमा देउवा सरकारको बचाउ बारे पनि कुराकानी राख्ने बुझिएको छ ।

बुधबार बिहान पनि भारतीय राजदुतको उपस्थितीमा एमाले फुटाउनुको विकल्प नरहेको राजपाका नेता सहित कांग्रेस माओबादीका नेताले जिकिर गरेका थिए। महन्थ ठाकुर देखि अनिल झा सम्म र अमरेश सिंह देखि प्रभु साह सम्मले उही कुरा राखेका थिए।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय