नेपाली काँग्रेसले तीन दिन पार्टीको आधा झण्डा झुकाउने



काठमाडौँ । नेपाली काँग्रेसले दिवंगत नेता रामहरि जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टीका एक संस्थापक नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आइतबार एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सो बैठकले स्व जोशीले राष्ट्रियता, प्रजातन्त्र, समाजजाद एवं प्रजातान्त्रिक आन्दोलनमा अनवरतरुपमा पु¥याउँदै आउनुभएको योगदानको उच्च सम्मान गर्दै उहाँलाई ‘उच्च नेताको’ रुपमा सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।

बैठकपछि नेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दिवंगत नेता जोशीले नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा अथक योगदान पु¥याएबापत पार्टीले उच्च सम्मान गर्दै तीनदिनसम्म आधा झण्डा झुकाउनुका साथै शोकसभाहरु सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले शान्तिवादी चरित्र, सादकी जीवन र वैचारिकरुपमा पनि पार्टीलाई अघि बढाउन खेलेको भूमिकालाई पार्टीले आगामी दिनमा आत्मसात् गरेर अघि बढ्नसक्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

     चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख

बालेन र रविदेखि आशिका तामाङसम्मको बचाउमा उत्रिए प्रचण्ड

    सत्ताबाट बाहिरिएपछि राज्यसत्तासँग असन्तुष्ट व्यक्ति र समूहसँग अघोषित सहकार्यमा उत्रिएका माओवादी

रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

    चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक

पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङ पदमुक्त

  पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ