भारतीय जनता पार्टीका हुसेन सीमाबाट पैदलै किन आए विराटनगर ?



काठमाडौं। भारतीय जनता पार्टीका केन्द्रीय प्रवक्ता शैयद सहनबाज हुसेन सीमावर्ती शहर जोगबनी र विराटनगर नाका हुँदै बिहिबार साँझ नेपाल प्रवेश गरेका छन् ।

आफ्ना समर्थक र कार्यकर्ताका माझ उनी पैदलै विराटनगर प्रवेश गरेका हुन् । आफू एक मित्रको गृहप्रवेशको निम्तो मान्न सीमावर्ती क्षेत्रमा आइपुगेकाले विराटनगरको भ्रमणमा आएको उनले जानकारी दिए ।उनले नेपालमा भएको स्थानीय तहको निर्वाचनले आफू प्रसन्न भएको प्रतिक्रिया व्यक्त गर्दै नेपाल शान्ति, स्थिरता र समृद्धिको मार्गमा गतिशील हुने अपेक्षा व्यक्त गरे ।

प्रवक्ता हुसेनको स्वागत र सम्मानमा शुक्रबार विराटनगरमा मोरङ व्यापार सङ्घले कार्यक्रम राखेको छ । कार्यक्रममा विराटनगरका लब्ध प्रतिष्ठितलाई निम्ता गरिएको छ ।हुसेनलार्इ स्वागत गर्न सङ्घका वरिष्ठ उपाध्यक्ष मुन्दडाको नेतृत्वमा उपाध्यक्ष सुशील जोशी, प्रवक्ता विकास बेगवानी र पूर्व उपाध्यक्ष देवकीनन्दन अग्रवाललगायतका व्यवसायी सीमा नाका पुगेका थिए ।

बिहिबार साँझ नै हुसैनलाई गोल्छा अर्गनाइजेसनको सञ्चालनमा रहेको रघुपति जुट मिलमा स्वागत गरिएको थियो । नेपाल जुट सङ्घका अध्यक्षसमेत रहेका रघुपति जुटका सञ्चालक राजकुमार गोल्छाको नेतृत्वमा त्यहाँ उपस्थित जुट उद्यमीले नेपालको जुट उद्योगका समस्या र भारत सरकारबाट सहजीकरणका गरिदिन आग्रह गरे। विहारको भागलपुरबाट भारतको लोकसभामा निर्वाचित हुसेन भारतीय जनता पार्टीभित्र हिन्दु र मुस्लिमका सेतुका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि