‘भाषा प्रोफाइल’ निर्माण गरिने



हाम्रो इकोनोमि

काठमाडौँ । भाषा आयोगले मुलुकको नयाँ संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा ‘भाषा प्रोफाइल’ निर्माण गर्ने भएको छ ।

देशका ७४४ वटै स्थानीय तहमा कुन भाषा प्रचलनमा छ, कुन भाषालाई सम्पर्क भाषा तथा सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न सकिन्छ भनेर अनुसन्धान गर्नका लागि सो प्रोफाइल निर्माण गर्न लागिएको छ । प्रारम्भिक अध्ययन तथा अनुसन्धानका साथै छलफल भएको भए पनि सो कार्य आव २०७४÷७५ भित्र सम्पन्न गर्ने योजना छ ।

प्रत्येक तहमा स्थानीयवासीको मातृभाषा के छ रु उनीहरुले बोल्ने दोस्रो भाषा कुन हो रु त्यसका आधारमा अध्ययन गरी सरकारलाई आयोगले सिफारिस गर्ने आयोगका अध्यक्ष लवदेव अवस्थीले जानकारी दिनुभयो । आयोगले भाषामा प्रविधिको प्रयोग गरी सङ्कटमा परेका भाषाको संरक्षण गर्ने भाषा समूहको स्थानीय र राष्ट्रिय सञ्जाल निर्माण गर्ने, अन्तर–भाषा अनुवाद प्रविधि विकास गर्ने लक्ष्य राखेको छ ।

आयोगका सचिव रामशरण सापकोटाले भाषा अभिलेखालय र सङ्ग्रहालय विकास गरी भाषाको लिपि, शब्द भण्डार र ब्याकरण निर्माण गर्न आयोगले सरकारी निकाय, विश्वविद्यालय, प्रतिष्ठान, भाषाका वक्ता समुदाय र विज्ञहरुसित छलफल गरिरहेको बताउनुभयो ।

देशका १, ३, ४, ५, ६ र ७ गरी छवटा प्रदेशमा स्थानीय तहदेखि नै छलफल सम्पन्न गरेको आयोगले जनाएको छ । केही हप्ताभित्र प्रदेश नं २ मा पनि यस किसिमको छलफल गरिनेछ । भाषागत तथ्याङ्क सङ्कलन गरी अद्यावधिक गर्ने कार्य सो आयोगको उच्च प्राथमिकतामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...