नेपालगञ्ज नपाको आठबुँदे प्रतिबद्धता



हाम्रो इकोनोमि

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरको समग्र विकास तथा सुशासनयुक्त शासन व्यवस्थाका लागि विभिन्न आठबुँदे प्रतिबद्धता विहिबार सार्वजनिक गरेको छ ।

नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख डा धवलशम्शेर राणाद्वारा सार्वजनिक गरिएको प्रतिबद्धतामा सडकमा मासु पोलेर दुर्गन्धित गर्ने कार्यलाई तत्काल रोक्ने, फोहोर व्यवस्थापनका लागि नगरमा दुई हजार डस्टबिन तत्काल वितरण गर्ने र नेपालगञ्जको फुलटेक्रादेखि पुरैनीसम्मको सडक निर्माण कार्य तत्काल सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी, महेन्द्र बहुमुखी क्याम्पसमा निर्माणाधीन डिग्री ब्लक र छात्रावास निर्माण कार्य पूरा गर्ने, नेपालगञ्जमा रहेका अव्यवस्थित पशु बधशाला व्यवस्थित गर्ने, उपमहानगरलाई सरसफाइयुक्त बनाउन आधुनिक घुम्ती शौचालयको व्यवस्थाका लागि सार्वजनिक शौचालयको व्यवस्था गर्ने र सुझाव पेटिका व्यवस्थित गरी हरेक हप्ता सुझाव पेटिकामा प्राप्त सुझावका आधारमा गुनासो सुनुवाइ गर्ने विषय पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

यसैबीच, नगर प्रमुख राणाले नगरको पुरानो बजार त्रिभुवन चोक क्षेत्रको सडक विस्तार योजना तीन महिनाभित्र सञ्चालन गर्ने बताउनुभएको छ । सो योजना सञ्चालनका लागि नागरिकले आप्mनो घर संरचना त्यस अवधिमा नभत्काए डोजर लगाएर भत्काउने चेतावनीसमेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...