तीन वर्षपछि पाए पहिरो पीडितले राहत



हाम्रो इकोनोमि

चौतारा । ठूलो धनजनको क्षति भएको सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले तीन वर्षपछि राहत पाएका छन् ।

विसं २०७१ साउन १७ गते राम्चे–५ को इटिनी पहरो फुटेर गएको पहिराले १४५ जनाको निधन भई १२२ घर पूर्ण क्षति भएकामा प्रभावित परिवारले अहिले आएर भूकम्प पीडितसरह राहत पाउन थालेका हुन् । उक्त पहिराबाट साबिक राम्चे, माङ्खा, धुस्कुन र टेकानपुरसहित चार गाविसका बासिन्दा पीडित बनेका थिए । साबिक धुस्कुन र टेकानपुर गाविसका पीडितले यसअघि नै भूकम्पपीडित राहत पाइसकेका थिए तर कतैबाट राहत पाउन नसकेका साबिक राम्चे र माङ्खा गाविसका २० परिवारमध्ये राम्चेका तीन र माङ्खाका सातसहित १० परिवारलाई भूकम्प पीडितसरह राहत वितरणका लागि सम्झौता भइसकेको र बाँकी परिवारका लागि सम्झौताको पहल भइरहेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकका प्रमुख इ डा युवराज पौडेलले बताउनुभयो ।

पीडितलाई राहत वितरणका लागि मापदण्ड पुनः वर्गीकरण गर्न जिल्लास्तरमा गठित समन्वय समितिले प्रतिवेदन दिएको थियो । त्यसैका आधारमा हालै निर्वाचित वडाध्यक्ष र सचिवको सिफारिसका आधारमा राहत वितरण गरिएको सो कार्यालयले जनाएको छ । उक्त पहिरामा साबिक चार गाविसका १२२ जना प्रभावित भएका थिए । तीमध्ये नौ घर तथा जग्गासमेतमा क्षति पुगेको थियो । प्रभावितमध्ये जग्गा नहुनेलाई जग्गा खरिद गर्न थप रु ५० हजारसमेत उपलब्ध गराइएको प्रमुख पौडेलले बताउनुभयो ।

जुरे पहिरो पीडितका लागि विभिन्न संघसंस्था तथा व्यक्तिबाट संकलित रु दुई करोड २५ लाख जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा जम्मा भएको थियो । राजनीतिक दलको समन्वयको अभावमा पीडित परिवारले राहतका लागि पटक पटक माग गर्दा समेत पाउन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...