मिटर ब्याजले निम्त्यायो बिलाप



धनगढी । छोटो समयमा धेरै आर्थिक लाभ कमाउने लोभ गर्दा यहाँ कैयौँ परिवार लागि बिलापमा रुमल्लिएका छन् ।

गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ता बिलापमा परेका हुन् । धेरै लगानीकर्ताका घर सम्पत्ति मिटर ब्याजका कारण सखाप पनि हुन थालेको छ ।

बढी ब्याज पाइने लोभमा मिटर ब्याजमा गरिएको ठूलो लगानी रकम डुब्ने देखिएपछि कैयौँको घरबार बिलचल्ली भएको छ भने सो कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष दिनहुँ जिल्ला प्रहरी कार्यालय धाउने गरेका छन् ।

मासिक चर्को ब्याज रकम रहेको मिटर ब्याजमा भएको लगानी उठ्न नसकेपछि कतिपयले घरसमेत छोडेर सम्पर्कविहीन हुनुपरेको एक पीडितको दुःखेसो थियो ।

मिटर ब्याजमा लगानी गर्नेलाई बढीमा मासिक रु दश प्रतिशतसम्म ब्याज दिइने गरिएको बताइन्छ । यसको कारोबारमा मजदुर वर्गदेखि लिएर सम्पन्न परिवारका व्यक्ति संलग्न छन् ।

आकर्षक ब्याजको लोभमा आफन्त समेतको लाखौँ रुपैयाँ मिटर ब्याजमा डुबाएर स्थानीय पार्वती भट्ट अहिले घर छोडेर सम्पर्क बिहिन भएको अर्का पीडित धर्मसिंह रावलले गुनासो गर्नुभयो ।

धनगढी बोराडाँडीका गणेश रावलको पीडा पनि रावलको जस्तै छ । “आफूसँग भएको नगद त गयो गयो, घर घडेरी बैंकमा धितो राखेर निकालिएको रकम समेत मिटर ब्याजमा लगानी गर्दा सबै डुब्यो” रावलले भन्नुभयो– मिटर ब्याजमा यसरी आफूसँगै ठगिएका एक दर्जनभन्दा बढी रहेको पनि रावलले बताउनुभयो ।

मिटर ब्याजको कारोबारको नेतृत्व पुरुषभन्दा बढी महिलाले नै लिने गरेको देखिएको छ । लगानी भएको रकम समयमै भुक्तानी नहुँदा महिला महिलाबीच नै कुटाकुटसमेत भएको छ । केही दिनअघि भएको कुटपिटबाट घाइते भएकी मिटर ब्याजको कारोबारमा संलग्न कल्पना गैरेको नेपालगञ्जमा उपचार भइरहेको छ ।

सरकारी नियम कानुन विपरीत चर्को ब्याजमा नगद लिने र दिने गरिन्छ । एउटाबाट अर्काले ऋण लिँदा अग्रिम २० प्रतिशत रकम कटौती गरि दिइन्छ र हरेक महिना पूरै साँवा रकमको दशदेखि २३ प्रतिशतसम्म ब्याज असुल गर्ने गरी हुने कारोबारलाई मिटर ब्याज भनिन्छ ।

मिटर ब्याजको कारोबारबाट ठगिनेको निकै ठूलो संख्या रहेको प्रहरीले जनाएको छ । पछिल्लो तथ्याँकअनुसार मिटर ब्याज कारोबारमा जम्मा भएको रकम लिएर फरार हुनेको संख्या मात्र छ पुगेको छ । फरार भएकाले झण्डै ४० करोडभन्दा बढी रकम लगेको बताइएको छ ।

कारोबारबाट पीडित हुनेले प्रहरी कार्यालयमा उजुरी दिने गरे पनि प्रमाण जुटाउन नसक्दा पीडकलाई कुन आधारमा कारबाही गर्ने भन्ने समस्या देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“ऋण दिने र लिनेको कुनै कानूनी आधार नै हुँदैन” जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन चन्दले भन्नुभयो– “यस्तो अवस्थामा कारबाहीको प्रक्रिया अगाडि बढाउन समस्या उत्पन्न भएको छ ।”

बैंकिङ कारोबार भएका र बैंकले चेक बाउन्स गरेपछि मात्र कानुनी दायरामा ल्याउन सकिने चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका