९० प्रतिशत अङ्क ल्याउने राहुलले पाए ५० हजार



हाम्रो इकोनोमि

महोत्तरी । एसइई परीक्षा २०७३ मा ९० प्रतिशत अङ्क ल्याएका महोत्तरीस्थित सरस्वती ज्ञानोदय सेकेन्डरी इंगलिस बोर्डिङ स्कूल गौशालाका छात्र राहुल रौनियारलाई ‘मथुरानन्द चौधरी माथुर पुरस्कार’बाट पुरस्कृत गरिएको छ ।

आज बिहान विद्यालयमा आयोजित एक कार्यक्रममा रौनियारलाई प्रमाणपत्र र ५० हजार नगद प्रदान गरिएको हो ।

एसइईमा ०२१५१६८ ‘आर’ सिम्बोल नं भएका रौनियार शिशु कक्षादेखि नै सोही विद्यालयमा पढ्दैआएका थिए ।

विद्यालयले २०७० सालदेखि नै एसएलसीमा ९० प्रतिशत वा सोभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई जनही रु ५० हजारका दरले मथुरानन्द चौधरी माथुर पुरस्कार प्रदान गर्दै आएको विद्यालयका प्राचार्य मञ्जु झाले बताउनुभयो । विसं २०५५ मा स्थापना भएको सो विद्यालय जिल्लाकै पहिलो निजी विद्यालय हो ।

सो विद्यालयका संस्थापक मथुरानन्द चौधरी कवि एवम् शिक्षाविद् हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...