नवनिर्वाचित जनप्रतिनिधिसँग आयोगको आग्रह



हाम्रो इकोनोमि

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले साउन १ गतेदेखि सञ्चालन हुने फोटोसहितको मतदाता नामावली संकलन कार्यमा सहयोग पु¥याउन स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिसँग आग्रह गर्नुभएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले आगामी साउन १ देखि १५ गतेसम्म सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

फोटोसहितको मतदाता नामावली दर्ता सफ्टवेयर सञ्चालन गर्ने कम्प्युटर अपरेटरका लागि सञ्चालित दुईदिने तालीमको आज यहाँ शुभारम्भ गर्दै उहाँले भन्नुभयो – “मतदान गर्ने उमेर पुगेका मतदातालाई जिल्ला सदरमुकाममा पु¥याएर मतदाता नामावलीमा नाम दर्ता गर्ने अभियानमा सहयोग पु¥याउन आयोग नवनिर्वाचित जनप्रतिनिधिसँग अपिल गर्छ ।

नामावली संकलन गर्ने समय थोरै भए पनि आयोगले अनिश्चितताको बीचमा निश्चित काम गरेर देखाउने अठोट व्यक्त गर्दै उहाँले नामावली संकलनमा आयोगले अभियन्ताको भूमिका निर्वाह गर्ने छ भन्नुभयो ।

मतदाता नामावलीमा नाम दर्ता गरी मतदान गर्ने नागरिकको कर्तव्य भएको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले पूर्वाधारलगायत कतिपय कठिनाइका कारण आयोगले ७४४ स्थानीय तहमा पुगेर भने नाम दर्ता गर्न नसक्ने अवस्था रहेको जानकारी दिनुभयो ।

नामावली संकलनमा शुद्धतामा कुनै पनि प्रश्न नआउने ढंगबाट कार्यसम्पादन गर्न तालीममा सहभागी प्रशिक्षार्थीलाई निर्देशन दिँदै उहाँले चुनावमा नामावलीको शुद्धता महत्वपूर्ण विषय भएकाले कुनै किसिमबाट कमीकमजोरी र गल्ती हुन नदिन सुझाव दिनुभयो ।

पछिल्ला निर्वाचनमा आयोगले नागरिकताका आधारमा औँलाको छाप भएको फोटोसहितको मतदाता नामावलीका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

आयोगले साउन १५ गतेसम्म संकलन गरेको नामावलीमा दाबी विरोधका लागि साउन १६ देखि २० गतेसम्मको समयावधि तोकेको छ । निर्वाचन आयोगले प्रदेशसभाको असोजको मसान्त तथा प्रतिनिधिसभाको निर्वाचन मंसिरको पहिलो साता गर्ने गरी मिति घोषणा गर्न सरकारलाई सुझाव दिइसकेको छ ।

तालीममा कालीकोट, बर्दिया, कञ्चनपुर, रोल्पा, काठमाडौँ, ललितपुर, सिन्धुलीलगायतका जिल्लाका कम्प्युटर अपरेटरको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...