पोखरा–लेखनाथको बजेट चार अर्ब



हाम्रो इकोनोमि

पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४–७५ का लागि रु चार अर्ब तीन करोड ८२ लाख ५३ हजार बजेट विनियोजन गरेको छ ।

कूल बजेटमध्ये सरकारबाट प्राप्त सशर्त र निःशर्त अनुदानबाट रु एक अर्ब ८२ करोड तथा महानगरको राजस्व र करबाट रु दुई अर्ब २१ करोड ८२ लाख ५३ हजार रहेको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आजको नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै महानगरका सबै टोलका सडकमा सोलार बत्ती जडान गरी ‘हाम्रो नगर उज्यालो शहर’ अभियानलाई सफल पार्ने बताउनुभयो । बर्सेनि विश्व ज्येष्ठ नागरिक दिवसका दिन महानगरका सबैभन्दा ज्येष्ठ महिला र पुरुषलाई महानगर माता र महानगर पिताका रुपमा सम्मान गरिने बताउनुभयो ।

महानगरभित्रका ग्रामीण बस्तीमा ‘एक घर एक धारा’को व्यवस्था गर्नुका साथै व्यस्त क्षेत्र तथा सार्वजनिकस्थलमा धाराबाट सोझै पिउन मिल्ने शुद्ध पानीको व्यवस्था गर्न पहल गरिने जिसीले बताउनुभयो ।

पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक वेगेन्द्र शर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र नगर उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरको नीति, कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...