विद्यालयमा आगलागी



कपिलवस्तु । जिल्ला सदरमुकाम तौलिहवाको धनौराटोलस्थित एचडी मेमोरियल विद्यालयमा आज दिउँसो आगलागी भएको छ ।

विद्यार्थी परीक्षा दिन विद्यालयमा उपस्थित भएका बेला अचानक भएको आगलागीका कारण विद्यार्थीमा भने कुनै क्षति भएको छैन । विद्यालय भवनसँगै रहेको बिजुलीको पोलमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

विद्यालयको पहिलो तल्ला पक्की भए पनि माथिल्लो तल्लाको छानो खरले छाएका कारण विद्युत चुहिएर खरको छानोबाट आगलागी शुरु भएको हुनसक्ने प्रहरीले बताएको छ । आगलागीबाट विद्यालय भवनका डेक्स बेन्चलगायतका फर्निचर जलेर नष्ट भएका छन् ।

आगो नियन्त्रणका लागि कपिलवस्तु नगरपालिकाबाट आएका दमकलले पानी फ्याक्न नसक्दा फर्केका थिए । आगलागीको खबर पाउनासाथ घटनास्थल पुगेको पहिलो दमकल पानी नभएका कारण फर्केको थियो भने दोस्रो अत्याधुनिक भनिएको दमकलबाट पानी निकाल्न प्राविधिक ज्ञानको अभावका कारण दमकल फर्केको थियो ।

आगोलागीमा भेला भएका सर्वसाधारण दुईवटा दमकल आए पनि आगो नियन्त्रणमा कुनै उपयोग नभएका कारण दमकल कर्मचारीप्रति आक्रोशित बनेका थिए । आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

    भारतको प्रमुख विपक्षी दलका नेता राहुल गान्धी र सोनिया गान्धीविरुद्ध सम्पत्ति

अमेरिका विश्वबाट एक्लिने ट्रम्पलाई सीको चेतावनी

    चीनिया राष्ट्रपति सी जीन पिङले अमेरिकाप्रति लक्षित गर्दै भन्सार दस्तूर बढाउने

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भेटवार्ता

प्रधानमन्त्री ओली र थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि थाइल्याण्ड पुगेका छन् ।