विद्यालयमा आगलागी



हाम्रो इकोनोमि

कपिलवस्तु । जिल्ला सदरमुकाम तौलिहवाको धनौराटोलस्थित एचडी मेमोरियल विद्यालयमा आज दिउँसो आगलागी भएको छ ।

विद्यार्थी परीक्षा दिन विद्यालयमा उपस्थित भएका बेला अचानक भएको आगलागीका कारण विद्यार्थीमा भने कुनै क्षति भएको छैन । विद्यालय भवनसँगै रहेको बिजुलीको पोलमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

विद्यालयको पहिलो तल्ला पक्की भए पनि माथिल्लो तल्लाको छानो खरले छाएका कारण विद्युत चुहिएर खरको छानोबाट आगलागी शुरु भएको हुनसक्ने प्रहरीले बताएको छ । आगलागीबाट विद्यालय भवनका डेक्स बेन्चलगायतका फर्निचर जलेर नष्ट भएका छन् ।

आगो नियन्त्रणका लागि कपिलवस्तु नगरपालिकाबाट आएका दमकलले पानी फ्याक्न नसक्दा फर्केका थिए । आगलागीको खबर पाउनासाथ घटनास्थल पुगेको पहिलो दमकल पानी नभएका कारण फर्केको थियो भने दोस्रो अत्याधुनिक भनिएको दमकलबाट पानी निकाल्न प्राविधिक ज्ञानको अभावका कारण दमकल फर्केको थियो ।

आगोलागीमा भेला भएका सर्वसाधारण दुईवटा दमकल आए पनि आगो नियन्त्रणमा कुनै उपयोग नभएका कारण दमकल कर्मचारीप्रति आक्रोशित बनेका थिए । आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...