फरार डाँका मुद्दाका आरोपी पक्राउ



हाम्रो इकोनोमि

मेलम्ची । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले डाँका मुद्दाका फरार आरोपीलाई पक्राउ गरी आज जिल्ला अदालतमा पेश गरेको छ ।

विसं २०६१ असार ३० गते सिन्धुपाल्चोक जिल्ला अदालतले साँगाचोकगडी नगरपालिका–७ बस्ने ३४ वर्षको राम श्रेष्ठलाई डाँका मुद्दामा पाँच वर्ष आठ महिना सात दिन जेल र १८ हजार १७२ रुपैयाँ ५० पैसा जरिवाना तिर्ने फैसला सुनाएको थियो ।
फैसला भएपनि फरार आरोपी श्रेष्ठ हालसम्म फरार रहेकामा प्रहरीको विशेष टोलीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...