हार्दिक्क भए पछि पार्टी बैठकमै बामदेब चुर,उनको नक्कली स्वर बनाएर १२ लाख पचाउने को हुन् मधुर ?



मेरो नाम बेचेर, नक्कली स्वर निकालेर पैसा उठाउँदै हिँड्नेलाई कारबाही गरिपाऊ भनेर जति कराउँदा पनि कारबाही भएन । स्वर नक्कली, काम नक्कली, कारबाही पनि नक्कली ! यो के चाला हो ? यसो भन्दै बैठकमा उपाध्यक्ष वामदेव गौतम कड्किएपछि नेताहरु आपसमा हेराहेर गर्न थाले ।

किनभने, सबैभन्दा विस्तृत वितरण थाहा थिएन । सोमबार एमाले स्थायी कमिटी बैठकमा चुनावी घात, प्रतिघातसँगै अनुचित तवरले आर्थिक संकलन गरिएका विषय जोडदारसँग उठ्यो । मोरङको रुपनारायण काण्डपछि उपाध्यक्ष वामदेव गौतममाथि प्युठानमा त्यस्तै झ्याउलो आइलाग्यो ।

मैले कति कराएँ, त्यही पनि कारबाही हुँदैन । मैले भन्दा त कारबाही हुँदैन भने अरुको झन के हालत होला भन्दै उनले आफ्नो व्यथा सुनाउन थालेपछि उपमहासचिव तथा प्रदेश ५ का इञ्चार्ज विष्णु पौडेलले भने, त्यो बबुरोलाई मात्रै के कारबाही गर्नु ? सके त्यसलाई संरक्षण गर्नेलाई पो कारबाही गर्ने हो त !

प्रसंग हो, वामदेवको स्वरमा ठाउँ ठाउँ फोन गर्दै, उनकै नातेदार भन्दै लाखौं उठाउने जिल्ला उपसचिव मधुर शर्माको । उनले नेपालगञ्जस्थित कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई फोन गरे, वामदेवको स्वरमा । मधुर मेरा नातेदार हुन्, कार्यकर्ता पनि हुन् । थारु विद्यार्थीको सम्मेलन छ ,२० लाख दिनु है । यसरी फोन गरिवरि मधुर पुगे, रायलाई भेट्न । १२ लाख रुपैयाँ हात पारे । बाँकी पछि लिने गरी । पहिला माले समर्थक, पछि फोरमतिर लागेका सल्यानी राजेन्द्रवीर खासमा राई हुन् । तर, राय थर लेख्दा तराईमा सजिलो पर्ने हुँदा त्यस्तो थरमा फोरमको राजनीति गर्न थालेका छन् ।

मधुर पैसा लिन पुग्दा उनले आशंका व्यक्त गर्दै सोधेका थिए, हैन, यो पैसा केका लागि रे ? यसपछि मधुरले विश्वस्त तुल्याउन एउटा नक्कली फोन गरे, सुर्खेतका नेता यामलाल कँडेललाई गरेजसरी । कमरेड, मैले पैसा पाएँ है भनेर फोन काटेपछि राजेन्द्रवीरले पत्याउनै पर्यो ।

मधुरको हातमा पैसा दिएको केही दिनपछि काम विशेषले राजेन्द्रवीर काठमाडौं्र पुगे । वामदेवसँग उनकै भैंसेपाटीस्थित घरमा भेटे । त्यस बेला भनिहाले, अस्ति हजुरले भनेको मान्छेलाई मैले सहयोग गरेको थिएँ । वामदेव झस्किए, के रे ! हजुरले फोन गरेर थारु विद्यार्थीको सम्मेलनका लागि २० लाख चाहिया छ ।

फलानो मान्छे आउँछ । दिएर पठाउनु भनेको होइन । हुँदै नभएको र भन्दै नभनेको कुराले वामदेवलाई एकछिन चक्कर लगायो । अनि, पैसा दिनुभयो त ? राजेन्द्रवीरले भने, २० पुगेन । १२ थियो । त्यही दिएँ । राजेन्द्रवीरको मुख हेरेर वामदेव ट्वाल्ल परे । फेरि सोधे, ए दिइ नै सक्नुभयो ?

राजेन्द्रले भने, हजुरले नै फोन गरेर भनिसकेपछि नदिऊँ कसरी ? वामदेवले कराए, मेरो नाममा पैसा दिने, मलाई एकपल्ट पनि नसोध्ने ? तपाईसँग मेरो नम्बर थियो । फोन गरेर किन सोध्नु भएन ? अब झस्किने पालो आयो, राजेन्द्रवीरको । सोधे, त्यसो भए हजुरले भनेको होइन त ?

वामदेवले भने मैले किन भन्छु त्यस्तो कुरा ? भनेछु नै भने पनि त्यस्तालाई पठाउँछु होला त ? पहिला पनि मेरै नाममा पैसा उठाउँदा उठाउँदै समातेको मान्छे । अबदेखि गर्दिनँ । गल्ती भयो भन्दै आएपछि लौ त भनेको, फेरि पैसा उठाएर हिँड्ने ? वामदेव रिसाएको देखेर राजेन्द्रवीर डराए । सोधे, मैले दिइहाले । अब के गरौं त हजुृर ? वामदेवले भने, उठाउनुस त्यो पैसा । पुलिस लगाउनु पर्छ कि, के गर्नुपर्छ गर्नुस । मैले भन्दिनुपर्ने भए भनिदिउँला ।

दिनेले त्यति भनेपछि लिनेले के भन्छ बुझिरहनु परेन । वामदेवले प्युठानको पार्टी नेतृत्वलाई छानबिन गरेर कारबही अगाडि बढाउन भने । जिल्ला कमिटीले उनलाई कहीँ, कुनै कार्यक्रम भेला, बैठकमा सहभागी नगराइने निर्णय गर्यो । र, निर्णयको प्रति केन्द्रीय संगठन विभागलाई पठायो ।

तर, दोस्रो चरणको चुनावको मुखमा उनलाई कार्यक्रमहरुमा सहभागी नगराउँदा त्यसले पार्टीको पक्षमा परिणाम ल्याउनमा बाधा पुग्ला भन्ने नाममा कारबाही फुकुवा भयो । स्मरणीय छ, उनै मधुर १२ वर्ष पहिले पनि वामदेवको नाममा पैसा उठाउँदा उठाउँदै धनगढीमा प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका व्यक्ति हुन् ।

उनलाई त्यसबेला ततलीन एसपी कुवेरसिंह रानाले झ्याप पारेका थिए । चुनावमा वामदेव आफै पनि प्युठान पुगे । पुग्दा देखे, उठ्तीपुठ्तीदेखि बनेको समीकरण भत्काउनेसम्मका खेला । त्यहाँका ९ स्थानीय तहमध्ये ४ मा राष्ट्रिय जनमोर्चा र बाँकी ५ मा एमाले मिलेर जाने सहमती थियो, खबर जनआस्थामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम