आर्थिक कुटनीतिलाई प्राथमिकता दिइने



हाम्रो इकोनोमि

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आर्थिक कुटनीतिलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज उद्योग व्यवसायीको प्रतिनिधि मण्डलसँग भेटवार्तामा उहाँले विदेशस्थित नेपाली कुटनीतिक नियोगलाई आर्थिक कुटनीतिका लागि परिचालन गरिने जानकारी दिनुभयो ।

दुई ठूला छिमेकीले हासिल गरेको उपलब्धिबाट आर्थिक फाइदा लिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “हामीले हाम्रो राष्ट्रिय फाइदालाई केन्द्रमा राखेर अगाडि सार्नुपर्छ ।”

उद्योग व्यवसायीका समस्यालाई अन्तर्राष्ट्रियस्तरमा सहजीकरण गर्न परराष्ट्रमन्त्रालयले पहल गर्ने बताउँदै परराष्ट्रमन्त्री महराले कुटनीतिक क्षेत्रले पनि आर्थिक समृद्धिका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयोे ।

नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सको छुट्टाछुट्टै प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री महरालाई भेटेको थियो । भेटमा मन्त्री महराले मुलुकलाई राजनीतिक बहसबाट आर्थिक बहसतर्फ केन्द्रित गर्ने वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्तगर्नुभयोे ।

उहाँले मुलुकमा लगानीको वातावरण बनाउन सकिएमा द्रूतगतिमा आर्थिक विकास गर्न सकिने भएकाले त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो ।

भेटका अवसरमा परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले द्विपक्षीय सम्बन्धको आधारमा नेपालले आर्थिक कुटनीति अवलम्बन गरेर आर्थिक विकास र व्यापार सहजीकरणको भूमिका निर्वाह गर्न र लगानी तथा व्यापार प्रवद्र्धनका लागि दूरगामी आर्थिक नीति बनाउनका लागि पहल गर्न अनुरोध गर्नुभयो ।

त्यसैगरी चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई मजबुुत बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले द्विपक्षीय एवम् बहुपक्षीय मञ्चमा आर्थिक विकासका मुद्दालाई अगाडि बढाउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...