सबै बिधामा भिजेका झलक



हाम्रो इकोनोमि

काठमाण्डौं । लामो समयदेखी नेपाली सांगीतिक क्षेत्रमा टिकीराख्न सफल झलक बिबस चर्चित गायक र संगीतकारका रुपमा परिचित छन् । काठमाण्डौंको चपलिहाईटमा जन्मिएका उनले चार ओटा एल्बम सार्वजनिक गरिसकेका छन् ।

तिम्रो सम्झनामा, झकास, जुन तारा, सान्नानी पर्ख जस्ता चर्चित एल्बम निकाल्न सफल भैसकेका छन् । दुई जर्दन भन्दा बढी गीत लेखन, ५ दर्जन  भन्दा बढी भिडियो डाइरेक्टर, दर्जनौ भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरेका उनी सांगीतिक क्षेत्रबाट नै आफ्नो जिबन अगाडी बढाउँदै छन् ।

सक्दिन म, आयो–आयो या तिम्रो आयो, मत पागल भएँ, झुमझम जस्ता चर्चित गीत उनी आफैंले लेखेका हुन् । पानि प¥यो रिमझिम, गोली हान्यो, मत धेरै बेहोसीमा रमाएँ, आउ प्रिय जस्ता गीतमा संगीत दिएका छन् । उनले दर्जनौं भन्दा बढी म्यूजिक भिडियो डाइरेक्सन पनि गरिसकेका छन् । जस्ले मेरो मन दुखाएर गयो, न तिम्रो, झुमझुम, सक्दिन म उनले डाइरेक्सन गरेको सबैभन्दा बढी चलेको म्युजिक भिडियो हो ।

सुन्दर स्वरका धनी बिबस ६–७ कक्षा पढ्दा देखि नै गित गाउन र नाटक गर्न खुब मन पराउँथे । उनी चाडपर्वको बेलामा गाउँमा कार्यक्रम हुँदा आफैंले नाटक लेखेर नाटकमा अभिनय गरेर सबैलाई आफुतिरै आकर्षित गर्दै अगाडी बढेका हुन् । मदन दास श्रेष्ठसंग मिलेर रेडियो नेपालबाट ५–६ वटा नाटक पनि सार्वजनिक गरेका छन् ।

अडियो भिडियो सबै आफैंले गरेका उनी पुरानोलाई भन्दा नयाँलाई प्राथमिकता दिनुपर्छ भन्ने सोच राख्छन् । आफ्नै कुल  इन्टरटेनमेन्ट युवटुब च्यानल पनि खोलिसकेका उनी स्टेज कार्यक्रममा पनि उत्तिकै हिंड्छन् । नारायणगोपाल र उदीत नारायण झाको गीतबाट प्रेरित भएका उनी घर परिवारबाट पनि सांगीतिक क्षेत्रमा लाग्नको लागि सक्दो साथ भएको बताउँछन् ।

रमिला खतिवडा

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...