निरिह बन्दै थापा,पूर्वराजाले कतिलाइ बाँडे पापा ?



हाम्रो इकोनोमि

पूर्वपन्च हरुको पार्टीका रुपमा चिनिने राप्रपा यतिबेला जन्झिरै जन्झिरमा फसेको छ । ३७ जना साम्सद बोकेर बसेको उसलाई केहि केहि साम्सद यति घाँडो बनेका छन् न बोक्नु न टोक्नुको अबस्था छ।राप्रपा र राप्रपा नेपाल मिलेर बनेको पछिल्लो राप्रपाका शक्तिशाली अध्यक्ष कमल थापा स्वयम् निरीह बन्न पुगेका छन् । उदेक लाग्दो त के छ भने तिनै शक्तिशाली अध्यक्षको नियन्त्रण बाहिर यतिबेला राप्रपा पुगेको छ।

 

पार्टी र सांसदलाई आफ्नो काबुमा राख्न नसकेका थापाका कारण र एमाले अध्यक्ष केपी ओलीको अडानका कारण संविधान संशोधन प्रस्ताब अलपत्र बन्न पुग्यो । आफै अलपत्र बन्ने चरणमा पुगेका थापालाइ पूर्व राजा ज्ञानेन्द्रले नराम्ररी सबक सिकाएका छन्। राप्रपाका करिब एक दर्जन सांसद यतिबेला उनै ज्ञानेन्द्रको निर्देशनमा पार्टीका गतिविधि र निर्णयप्रति असन्तुष्ट छन् । कमल थापा संग जोरी खोजेर बहिरिएका प्रकाश चन्द्र लोहनीले पनि यसमा भरपुर सहायता गरेका छन्। उनले थापाको पार्टीका सांसदलाई संशोधनलाई असफल पार्न प्रशिक्षण समेत दिएका छन्। थापाको ढुलमुले अडानका कारण पनि सत्ताधारी हच्किएको बुझिएको छ। बिगतमा कमल थापाको निकट भनिएका सांसदले नै अहिले उनलाई पत्याउन छोडेका छन्। सहायक मंत्री समेत बनाइएका डन रेशम लामा नै ज्ञानेन्द्रको सल्लाहमा अरु सांसदलाई नियन्त्रणमा राख्दै आएको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...