निरिह बन्दै थापा,पूर्वराजाले कतिलाइ बाँडे पापा ?



पूर्वपन्च हरुको पार्टीका रुपमा चिनिने राप्रपा यतिबेला जन्झिरै जन्झिरमा फसेको छ । ३७ जना साम्सद बोकेर बसेको उसलाई केहि केहि साम्सद यति घाँडो बनेका छन् न बोक्नु न टोक्नुको अबस्था छ।राप्रपा र राप्रपा नेपाल मिलेर बनेको पछिल्लो राप्रपाका शक्तिशाली अध्यक्ष कमल थापा स्वयम् निरीह बन्न पुगेका छन् । उदेक लाग्दो त के छ भने तिनै शक्तिशाली अध्यक्षको नियन्त्रण बाहिर यतिबेला राप्रपा पुगेको छ।

 

पार्टी र सांसदलाई आफ्नो काबुमा राख्न नसकेका थापाका कारण र एमाले अध्यक्ष केपी ओलीको अडानका कारण संविधान संशोधन प्रस्ताब अलपत्र बन्न पुग्यो । आफै अलपत्र बन्ने चरणमा पुगेका थापालाइ पूर्व राजा ज्ञानेन्द्रले नराम्ररी सबक सिकाएका छन्। राप्रपाका करिब एक दर्जन सांसद यतिबेला उनै ज्ञानेन्द्रको निर्देशनमा पार्टीका गतिविधि र निर्णयप्रति असन्तुष्ट छन् । कमल थापा संग जोरी खोजेर बहिरिएका प्रकाश चन्द्र लोहनीले पनि यसमा भरपुर सहायता गरेका छन्। उनले थापाको पार्टीका सांसदलाई संशोधनलाई असफल पार्न प्रशिक्षण समेत दिएका छन्। थापाको ढुलमुले अडानका कारण पनि सत्ताधारी हच्किएको बुझिएको छ। बिगतमा कमल थापाको निकट भनिएका सांसदले नै अहिले उनलाई पत्याउन छोडेका छन्। सहायक मंत्री समेत बनाइएका डन रेशम लामा नै ज्ञानेन्द्रको सल्लाहमा अरु सांसदलाई नियन्त्रणमा राख्दै आएको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम