एक हजार १७८ जनाको जमानत जफत



हाम्रो इकोनोमि

भद्रपुर । सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा कुल ६९९ वटा पदका लागि तीन हजार ३४० उम्मेदवारमध्ये एक हजार १७८ जनाको जमानत जफत भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार दश प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत भएको हो ।

सो निर्वाचनमा जिल्लाका कुल पाँच लाख १० हजार २१६ मतदातामा तीन लाख ७२ हजार ८४० जना ९७३ प्रतिशत०ले मतदान गरेका थिए ।

जमानत जफत हुनेमा मेचीनगर नगरपालिकामा १५४, अजुर्नधारा नगरपालिकामा १३६, शिवसत्ताक्षी नगरपालिकामा १२८, भद्रपुर नगरपालिकामा १०४, कन्काई नगरपालिकामा ८४, दमक नगरपालिकामा ८०, गौरादह नगरपालिकामा ७३, बिर्तमोड नगरपालिकामा ७८, कचनकवल गाउँपालिकामा ५७, गौरिगञ्ज गाउँपालिकामा ४६, झापा गाउँपालिकामा ३७, बाह्रदशी गाउँपालिकामा ६१, कमल गाउँपालिकामा ७१, वुद्धशान्ति गाउँपालिकामा ५४ र हल्दिवारी गाउँपालिकामा २३ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालयका प्रेमप्रसाद न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...