साइबर क्राइमको धम्की पछी सचिबले मन्त्रालयमै आइलाइन चलाउन थाले



हरेक मन्त्रालयका आ आफ्नै आधिकारिक वेब साइट छन्। मन्त्रालयका गतिबिधी देखि लिएर सम्बन्धित मन्त्रालय संग जोडिएका सरोकारवाला सहित सबैको जानकारी त्यसैमा पाइन्छ। एउटा ब्यबसायिक समाचार पोर्टल भन्दा सयौ गुणा बढी समाचारजन्य गतिबिधी त्यहि पाइन्छ। अझ प्रत्येक मन्त्रालयमा पत्रकारलाइ सहज तवरले सूचना उपलब्ध गराउन र मन्त्रालयका आबश्यक काम र गतिबिधी आम नागरिकलाई जानकारी गराउन माध्यमका रुपमा सूचना अधिकारी र प्रबक्तानै तोकिएका छन्। यति हुदा हुँदै खानेपानी तथा सरसफाई मन्त्रालयले गर्नु पर्ने काम नगरेर नगर्नु पर्ने अराजक काम गर्न थालेका छन्।

 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारी बिरुद्व फेस बुकमा स्टाटस लेखेर बिबादमा आएका र साइबर काइम लगाइदिने कर्मचारीको धम्की पछि तर्सिएका उनले मन्त्रालयको दुरुपयोग गर्दै एउटा समाचार पोर्टल मन्त्रालयकै खर्चमा अनधिकृत तवरले चलाउन थालेका छन् । लाखौ रुपैया खर्च गरी गोदावरीको होटेल भ्यु भृकुटी बाट हिजो उद्घाटन गरिएको खानेपानी न्युज डट कम मन्त्रालयकै लगानीमा संचालित छ। खानेपानी तथा सरसफाई मन्त्रालयको प्रस्तुती नाम दिएर संचालित उक्त अनलाइनका लागि मन्त्रालयले सि.डि.इ.दिनेश अधिकारी लाइ फोकल पर्सन तोकेको छ। मन्त्रालय बाहिरका आधा दर्जन संलग्न रहेको टीममा अनलाइनको ब्यबस्थापन शिखर नेपालले गर्ने उल्लेख गरेको छ। अनलाइनमा नेपालको लोगो दुरुपयोग गरिएको छ भने मन्त्रालयले चलाएको भनेर प्रचार गरिएको भएपनि मन्त्रालय बाहिरका ब्यक्तीको सम्पर्क नम्बर उल्लेख गरिएको छ। मन्त्रालय श्रोतका अनुसार सचिब भिमले आफ्नो भजन गाउने समुहका केहीलाइ अनलाइनको नाममा बिसौ लाख दिएको छ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको