भक्तपुरमा सार्वजनिक सुनुवाइ सम्पन्न



हाम्रो इकोनोमि

काठमाण्डौं । भक्तपुर नगरपालिकाले मङ्गलबार यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापतिले सरकारलाई स्थानीय तह सञ्चालनसम्बन्धी ऐन–कानुन छिटो बनाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकार एकातिर स्थानीय तहको अधिकार कटौती गर्दैछ, अर्कोतर्फ जनप्रतिनिधि नहुँदा वर्षौंदेखि थुप्रिएको थुप्रै काम गर्नुपर्ने जिम्मेवारी आएको छ, तर सरकारले स्थानीय तह सञ्चालनसम्बन्धी ऐन–कानुन नबनाएकाले काम गर्न निकै कठिनाइ परेको छ ।”

प्रजापतिले भक्तपुरलाई पारदर्र्शिताको नमुना नगर बनाउने उद्देश्यसहित कार्य अगाडि बढाइरहेको बताउँदै जनताको भावना एवम् निर्वाचन घोषणापत्रमा उल्लेख भएका योजना क्रमश: कार्यान्वयन गर्दै जाने विश्वास दिलाउनुभयो ।

नगरपालिकाले मापदण्ड पूरा गरेको नक्सा छिटो पास गर्ने गरी प्रक्रिया अगाडि बढाएको, नगरपालिकामा वर्षौंदेखि थाती रहेका मुद्दाहरु फछ्र्यौट गर्ने कार्यलाई तीव्र गति दिएको र खानेपानी तथा ढल व्यवस्थापन गर्ने कामलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

त्यस अवसरमा उपप्रमुख रजनी जोशीले नगरपालिकाको हरेक काममा जनताले अनुगमन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले पर्यटकका लागि ठाउँ–ठाउँमा शौचालय निर्माण गर्नुपर्ने, भक्तपुर नगरपालिकाले अनलाइन माध्यमबाट नक्सा दर्ता एवम् नक्सापास गर्ने प्रक्रिया अघि बढाउनुपर्ने, पुरातात्विक सम्पदा पुनःनिर्माण कार्यको वृत्तचित्र बनाउनुपर्ने, भक्तपुर औद्योगिक क्षेत्रका ठूला उद्योगलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने, नगर क्षेत्रभित्र बिहान ८ देखि साँझ ६ बजेसम्म ठूला गाडी प्रवेश निषेध गर्नुपर्ने, भुस्याहा कुकुर तथा छाडा चौपाया नियन्त्रण गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।

सो अवसरमा नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेल, आयोजना प्रमुख ओमहरि थाश्रेष्ठ, मुद्दा शाखा प्रमुख गणेशलाल फोजू तथा स्यानिटेसन शाखा प्रमुख दिलीपकुमार सुवालले नगरवासीबाट उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...