एनसेलमा चुडामणी काण्ड सेलाउन नपाँउदै अर्को काण्ड



काठमाडौं । एनसेलले तिर्नुपर्ने लाभ कर छुट दिएर भ्रष्टचार गरेको ठहर गर्दै अख्तियार दुरपयोग अनुसन्धान आयोगले अन्तिरीक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मालाई पक्रउ गरी अनुशन्धान गरिरहेको छ । यो काण्ड सेलाउन नपाउँदै अर्को काण्ड मच्चिएको छ । एनसेलले नाफा विदेश लान नपाउँने भएको छ । एनसेलको लाभांस वा अन्य भुक्तानी रोक्का राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंक अन्र्तगतको बिदेशी बिनियम बिभागले परिपत्र जारी गर्दे भुक्तानी रोक्का राख्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकका अनुसार नेपाल सरकार अर्थमन्त्रालयको पत्र, आन्तरिक राजश्व बिभाग लगायतका निकायको पत्रको आधारमा लाभांस रोक्का राख्न निर्देशन दिईएको हो ।
राष्ट्र बैैंकले पत्र मार्फत भनेको छ, नेपाल सरकार, अर्थमन्त्रालय, आन्तरिक राजश्व बिभाग ठुला करदाता कार्यालय समेतको २०७४ असार १८ गतेको पत्र अनुसार एनसेल प्रालिको स्वामित्वकर्ता कम्पनी रेनोल्ड होल्डिङस लिमिटेडा तत्कालीन अन्र्तनिहित स्वामित्वकर्ता कम्पनी एक्जिटा बर्डहार्ड ग्रुुप मलेसियालाई लाभांस वा अन्य कुुनैपनि रकम नेपाल बाहिर भुक्तानी पठाउन रोक्का राख्ने व्यवस्थाका लागि र एनेसल प्रालि तथा अन्य नेपाली व्यक्ति तथा संस्थाबाट एनसेल प्रालिको स्वामित्वकर्ता कम्पनी रेनोल्ड होल्डिङस लिमिटेड, सेन्ट किट्स एण्ड नेभिस टेलियो सोनेरा नेदरल्याण्ड, टेलियोसोनेरा एशिया होल्डिङ नर्वे, टेलियोसोनेरा नेपाल होल्डिङ नर्वे, सि टेलिकम ईन्भेष्टमेन्ट बिबि नेदरल्याण्ड ले पाउनुुपर्ने रकम भुक्तानी रोक्का राख्न अनुुरोध भईआएकोले अर्को व्यवस्था नभएसम्मको लागि सो बमोजिमको भुक्तानी गर्ने प्रयोजनका लागि बिदेशी मुद्राको सटही सुबिधा नगराउन, नगराउनुुहुुन बिदेशी बिनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको हो ।
राष्ट्र बैंकले जारी गरेको परिपत्रमा बोर्धाथकोरुपमा नेपाल राष्ट, बैंक गर्भनरको कार्यालय, डेपुुटी गर्भनरको कार्यालय, अर्थमन्त्रायल, आन्तरिक राजश्व कार्यालय, ठुला करदाता कार्यालय आदि संस्थालाई निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।