सुन्दरी सोफियाको,अझ सुन्दर प्रगती



हाम्रो इकोनोमि

सुन्दर अनि आकर्षक शरीरकी धनी उनको सुन्दरताको मापन गर्ने यन्त्र हुदो हो त उनी बाहेक अरु प्रतिस्पर्धामा रहने सम्भावना कमै मात्र हुन्थ्यो । रुपले मात्र धपक्क बलेकी छैनन् उनी। अभिनयकलामा पनि उनि उत्तिकै उम्दा छिन। अझ मोड्लिंगमा जमेर लाग्ने सुरमा रहेकी उनको क्षमता झन् लोभ लाग्दो छ।

मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल सोफिया पोमु लागेकी छिन । पुर्बको सुन्दर शहर धरानकी स्थाई बासिन्दा सोफिया काठमाडौँलाइ कर्मथलो बनाएर सोफिया पोमु अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन ।

नृत्य र अभिनयमा पोख्त उनले दर्जनौं फेसन सो हरुमा रयांप मोडलिङ गरेर चर्चा कमाईसकेकी छिन। केहि म्युजिक भिडियो समेत उनको दमदार अभिनय देख्न पाइन्छ ।

भर्खर २० औ बसन्तमा प्रवेश गरेकी सोफिया पोमु हेर्दा सार्हैनै आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि सोफिया यदि राम्रो ठाउ बाट म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा पनि छिन ।
सानै उमेर देखि मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ, सोफिया अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोसिशरत छिन । सोफिया भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो । उनले जीवनलाई त्यसै गरी बुझेकी छिन।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...