साउन २५ सम्म नगरसभा गर्ने तयारी



काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको नगर–गाउँसभा आगामी साउनको अन्तिम साता गर्न निर्देशन दिने तयारी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ ।

दोस्रो चरणमा भएका ३३४ भएका स्थानीय तहको नगर–गाउँ सभा साउन २५ गतेसम्म गर्ने गरी निर्देशन दिने तयारी गरिएको मन्त्रालयका उपसचिव विजयराज सुवेदीले जानकारी गराउनुभयो । मन्त्रालयले पहिलो चरणको निर्वाचन भएका २८६ स्थानीय तहको यही असार २५ गतेदेखि ३० सम्म निर्देशन दिएको छ । ‘‘दोस्रो चरणमा निर्वाचन भएका स्थानीय तहले अझै पूर्णता पाउन सकेका छैनन्’’ उपसचिव सुवेदीले भन्नुभयो, ‘‘केही दिनभित्र कार्यपालिकाले पूर्णता पाउने छ । अनि हामी नगर–गाउँसभाको तयारीमा जुट्न निर्देशन दिन्छौँ ।’’

ती स्थानीय तहका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई नगर–गाउँसभा अगाडि अभिमुखीकरण तालीम दिने तयारीमा मन्त्रालय रहेको उहाँले जानकारी गराउनुभयो । मन्त्रालयले सञ्चालन गर्ने उक्त अभिमुखीकरण तालीममा यस पटकदेखि कार्यकारी अधिकृतलाई समेत सहभागिता गराइने छ ।

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

देशको समस्या समाधान गर्ने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा

गिरिबन्धुको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चुनौती

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन

सुन काण्डमा मुछिएका कर्मचारीसँग बयान लिने तयारी

      अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा