महासचिवका उम्मेदवार नरेश गेलालको उदघोष: असक्षम प्रमाणित भइसकेपछि फेरि नेतृत्व दाबी गर्नु उहाँको मूर्खता हो



नरेश गेलाल, महासचिवका उम्मेदवार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औँ साधारणसभा आउन अब केही दिन मात्र बाँकी छ । चुनावको मिति नजिकिँदै जाँदा संघको नेतृत्व लिन दुवै पक्षका उममेदवारहरु मतदाता आकर्षित गर्दै आ–आफ्नो चुनावी प्रचार अभियानमा व्यस्थ छन् । यो चुनावमा बैदेशिक रोजगार क्षेत्रलाई साँच्चीकै मर्यादित र मुलुकको आर्थिक उन्नतीसँग जोडन चाहने प्रगतिशिल व्यवसायीहरुले संयुक्त प्यानल बनाएर चुनावी प्रचार अभियानलाई तीव्र बनाएका छन ।
एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक मञ्चले नेपाल वैदेशिक रोजगार व्यवसायी संघकाका वर्तमान महासचिव रोहन गुरुङको नेतृत्वमा उम्मेदवारी दर्ता गरेको छ । सोही समुहका महासचिवका उम्मेदवार भिजनवाला ब्यवसायी नेता तथा नरेश गेलालसँग ‘संयुक्त व्यवसायिक समूह’ को योजना के छ ? किन नेतृत्व लिन चाहिरहेका छन ? भन्ने कुराकानी गरेका छौं । बिजय यात्रामा अघि बढिरहेको रोहन गुरुङ नेतृत्वको समुहबाट महासचिवका उम्मेदवार गेलालसँग आज हामीले कुराकानी गरेका छौं ।
गेलालको भनाई उहाँकै शब्दमा :
नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको मुल नेतृत्व दुई वर्षसम्म सुतेर वस्यो । चुनाव आयो भनेपछि फेरि निन्द्राबाट व्यूँझेर निकै हल्लाखल्ला गरिरहेका छन । तर, उहाँहरु व्युँझिन ढिला भएको छ । जस्ले संघलाई ब्यवसायीको बिरोधीको रुपमा अगाडि बढाए, अहिले तिनै ब्यक्ति फेरि अध्यक्षको उम्मेदवार बनेर आउनु भएको छ । दुई बर्षसम्म कसरी बैदेशिक रोजगार ब्यवसायलाई समाप्त पार्ने, ब्यवसायीलाई बिस्थापित गर्ने भनेर षडयन्त्र गर्नुभयो, उहाँको षडयन्त्र सवै ब्यवसायीले बुझिसकेका छन । अव संघको चुनावको मिति आउन केही दिन मात्रै बाँकी छ । तर, हाम्रो जित सुनिश्चित भइसकेको छ । उहाँहरु सुतेर बसेपछि व्यवसायीहरु नेतृत्वविहीन भएका थिए ।
हामी अब दुई वर्ष अघिल्लो नेतृत्व जसरी सुत्नका लागि होइन, व्यवसायीको हक–हितमा काम गर्नका लागि नेतृत्वमा आउन चाहेका छौँ । केही काम गरेर देखाउन हामी संघको नेतृत्व लिन खोजेका हौं । त्यसैले सबै व्यवसायी कुनै भ्रम वा दुविधामा नपरी हामीलाई चुन्नुहुन्छ भन्ने पुर्ण विश्वास छ । म एउटा कुरा स्मरण गराउन चाहन्छु । हामी ‘फ्रि भिषा, फ्रि टिकट’लाई व्यवस्थित गर्नुपर्छ भनेर आन्दोलनमा थियौं । तात्कालीन मन्त्री निर्णय गर्दा हतारमा गल्ती भयो, म सच्याउँछु भन्ने निश्कर्षमा पुग्नुभयो । उहाँले सच्याउने गृहकार्य अघि बढाएकै बेला संघका अध्यक्ष विमल ढकालजीले अदालतमा गएर मुद्दा दायर गर्नुभयो र व्यवसायीलाई कमजोर बनाउनु भयो ।
हाम्रो आन्दोलन त्यसैबेलादेखि कमजोर बन्दै गयो । उहाँ अहिले मेरो अधुरा काम पूरा गर्न एक पटक अध्यक्ष बन्न चाहेको भन्दै फेरि उम्मेदवार बन्नुभएको छ । उहाँलाई लाज लाग्नुपर्ने हो । उहाँले आफ्नो कार्यकालमा राम्रा काम केही पनि गर्नुभएन । व्यवसायीलाई कमजोर बनाउने मात्र काम गर्नुभयो । कहिले विवरण बुझाउन लगाएर त कहिले के गर्न लगाएर व्यवसायीलाई कमजोर बनाउने भूमिकामा मात्र उहाँ लाग्नुभयो । उहाँ असक्षम अध्यक्ष हो । फेरि त्यही असक्षमको नेतृत्वलाई स्वीकार गर्न सकिदैन । फेरि नेतृत्व दाबी गर्नु उहाँको मूर्खता हो । उहाँले अहिले अध्यक्षको दाबी गर्नुको कारण अर्कै छ । उहाँ अबको संसदीय निर्वाचनमा कांग्रेसबाट टिकट लिनका लागि हो । उहाँले टिकट लिएपछि संघलाई अलपत्र पारेर जाने निश्चित छ ।
संघलाई अलपत्र पार्नकै लागि फेरि नेतृत्व लिन चाहेका हुन भन्ने प्रमाणित भइसकेको छ । त्यसैले हामीले व्यवयासीसँगै रहनेहरुलाई नेतृत्वमा ल्याउन खोजेका हौँ । ‘संयुक्त व्यवसायिक समूह’ व्यवसायीसँग रहने छ । उनीहरुका पीर–मार्कामा सदैव सहयोगी बन्ने छ । त्यसैले यो समूहलाई जिताउनु सवै ब्यवसायीको दायित्व हो । ब्यवसायीहरु यस बिषयमा प्रष्ट पनि भइसकेका छन । संघलाई तहस–नहस होइन, व्यवस्थित बनाउने योजना हामीसँग छ । हामी नेतृत्वमा आएपछि पहिलो काम नै संघको भवन निर्माण गर्न चाहन्छौँ । त्यो योजना हामीसँग छ । हामीले जितेको १५ दिनभित्र साउदी दूतावाससँग कुरा गरेर सबै व्यवसायीले काम गर्ने वातावरण बनाउने छौँ । हामी संघमा देखिएका सबै समस्यालाई विस्तारै हल गरेर जाने छौँ । ‘फ्रि भिषा, फ्रि टिकटलाई व्यवस्थित गर्ने छौँ । हामीले हाम्रो प्रतिवद्धता प्रत्रमा उल्लेख गरेका कामलाई पूरा गर्ने योजना बनाएका छौँ ।
त्यसैले संघमा यस पटक बिमल ढकालको होइन, रोहन गुरुङ नेतृत्वको समुहको बिजय अनिवार्य बनेको छ । हाम्रो नेतृत्व संघमा आवश्यक छ । जस्ले बैदेशिक रोजगार ब्यवसायलाई अझ सुदृढ बनाउने छ । महासचिवको रुपमा मैले सवै ब्यवसायीलाई समान ढंगबाट सहयोगीको भुमिका निर्वाह गर्ने प्रष्ट बताइसकेको छु । हामीले जितेपछि कुनै पनि ब्यवसायी अन्यायमा पर्नु पर्दैन । आफ्नो मात्रै हित हेरेर ब्यवसाय धरापमा पार्ने काम पनि हाम्रो समुहबाट हुनेछैन । संशोधन प्रक्रियामा रहेको बैदेशिक रोजगार ऐन २०६४ को प्रस्तावित मस्यौदालाई पुर्णता दिई धरौटी बढाउने र ब्यवसायिक संस्थाहरुलाई गर्न खोजिएको बर्गिकरण गर्न नदिनm इम्प्लोयमेन्ट कन्ट्याक्टको आधारमा अन्तिम स्वीकृत दिनुपर्ने र दुतावासले प्रमाणिकरण अनिवार्य गर्नु नपर्ने कार्यलाई बिशेष जोड दिइरहेका छौं । यस्तै हाम्रो नेतृत्व स्थापित हुँदा १० हजार सेवा शुल्कको निर्णय खारेज गरी कामदारले पाउने एक महिनाको तलव बरावरको रकम ब्यवसायीले लिन पाउने ब्यवस्था गर्ने छौं ।
सरकारलाई बाध्य पारेर नयाँ गन्तब्य मुलुक खोजी गर्ने काम पनि हाम्रो प्रमुख प्राथमिकतामा रहेको छ । हामीले धेरै कुरा घोषणापत्रमा प्रष्ट भनिसकेको छौं, त्यो प्रतिवद्धतालाई हामी बिजय प्राप्त भएकै दिनबाट अघि बढाउँदै जाने छौं । यसैगरी हामीले व्यवसायीहरुको संयुक्त लगानीमा बैदेशिक रोजगार जीवन विमा, स्वास्थ्य परिक्षण संस्था र अभिमुखीकरण तालिम जस्ता व्यवसायिक संस्थाहरुको स्थापना÷साझेदारी गर्ने, वैदेशिक रोजगार सम्बन्धि अनावश्यक भ्रमहरु फैलाउने सामाजिक संञ्जालहरुलाई निरुत्साहित गर्दै आम नागरिकलाई सकारात्मक सन्देश प्रवाह गर्ने कार्य गर्ने योजना बनाएका छौं ।
रोजगारदाता मुलुकहरुको चेम्बर अफ कमर्श लगायत सम्बन्धित निजी तथा गैर सरकारी संघ÷संस्थासँग समन्वय गरी रोजगारीको अबसर बढाउने कार्य गर्ने, उच्चस्तरीय समिति गठन गरी वैदेशिक रोजगार व्यवसाय सहज र सरल बनाउन बिभिन्न राजनीतिक पार्टी तथा अन्य सँघ÷संस्थाहरुसँग समन्वय गर्र्ने पनि हाम्रो प्रष्ट योजना छ भने बिभिन्न निकायहरुबाट मृतक कामदारका परिवारहरुले पाउनु पर्ने क्षतिपूर्ति रकम छिटो छरितो उपलब्ध गराउन सहजीकरण गर्ने, आबश्यकताअनुसार संघको आचार संहिता परिमार्जन गरी पूर्ण रुपमा लागू गर्ने र सवै ब्यवसायीको सुझावका आधारमा संयुक्त रुपमा कार्य योजना बनाई बजार प्रबद्र्धन गर्ने कामका लागि पनि हाम्रो जित अनिवार्य भइसकेको ब्यवसायीको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस
नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दिल्ली जाने तयारीमा

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी

बालेनले न्यूरोडमा जे गरे ठिक गरे : विश्वप्रकाश शर्मा

  बिहीबार प्रतिनिधि सभामा बोल्दै शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउनुपर्ने आवश्यकता

माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब

समानीकरण अनुदान बढाउदै लैजान्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन्। प्रदेश