बम फ्याक्ने पुलिसलाई १५०० दिएको छैन भन्दै गृहमंत्रीले दिए यस्तो दनक



हातले बम फ्याक्ने प्रहरी हवल्दारलाई रु. १५०० पुरस्कार दिएको भनि सामाजिक सञ्जालमा गरिएको प्रचार गलत भएको गृहमन्त्री जनार्दन शर्माले प्रष्टिकरण दिएका छन् ।

आफ्नो फेसबुक पेजबाट स्ट्याटस् मार्फत मन्त्री शर्माले भनेका छन “नेपाल प्रहरीका हवल्दार श्री दुर्गा बहादुर राना गृह मन्त्रालयमा भेट्न आएको र मैले धन्यबाद दिएको हो, भेटका क्रममा गृह मन्त्रीले रु.१५०० दियो भनी भ्रम छरेर उनको साहसिक कदमको अपमान नगर्न आग्रह गर्दछु ।”

दोस्रो चरणको निर्वाचनमा दाङको तुल्सीपुरस्थित अम्वास मतदान केन्द्रमा राखिएको बम हातले समाएर फ्याकेका दुर्गा बहादुर रानालाई रु १५०० दिएर अपमान गरिएको भन्दै बिहानैदेखि सामाजिक सञ्जालमा गृह मन्त्रालय र गृहमन्त्री शर्माको चर्को आलोचना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि