दोस्रो चरणका सबै स्थानीय तहको नतिजा घोषणा



काठमाडौँं । दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ ।

सोअनुसार नेकपा९एमाले० १५१, नेपाली काँग्रेस १२२, नेकपा (माओवादी केन्द्र) ३८, सङ्घीय समाजवादी फोरम नेपाल आठ, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार र राष्ट्रिय जनमोर्चाका दुई उम्मेदवार प्रमुख÷अध्यक्षमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा स्वतन्त्र तीन उम्मेदवार पनि प्रमुख-अध्यक्षमा विजयी भएका छन् । दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख-अध्यक्षमा एमालेले ४५.२ प्रतिशत, काँग्रेसले ३६.५ र माओवादी केन्द्रले ११.४ प्रतिशत पद जितेका छन् ।

उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १७५, काँग्रेस १०४, माओवादी केन्द्र ३८, समाजवादी फोरम सात, लोकतान्त्रिक फोरम छ तथा जनमोर्चा र राप्रपाका दुई दुई उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।
दोस्रो चरणका ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन भएको छ । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्