शव निकाल्न गएका प्रहरी जवानको डुबेर मृत्यु



हाम्रो इकोनोमि

पोखरा । सोमबार दिउँसो माछा मार्ने क्रममा हर्पन खोलाले बगाएर बेपत्ता भएका दुई युवकको शव निकाल्न आज गएका एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ ।

पर्वत, कुस्मा नगरपालिका– १२ घर भई क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय पोखरामा कार्यरत प्रहरी जवान २६ वर्षीय बलबहादुर कुँवरको खोलामा डुबेर सख्त घाइते भएकामा उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएको र उनको उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताउनुभयो ।

पोखरा–लेखनाथ महानगरपालिका– १८ चङ्खपुरबाट हर्पन खोलाले बगाएर सोमबार बेपत्ता महानगर–३ नदीपुरका २४ वर्षीय इन्द्र पुन र ललित पुनलाई पनि मृतावस्थामा खोलाबाट बाहिर निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...