शिक्षा सुधारको माग गर्दै रिले अनशन



हाम्रो इकोनोमि

राजविराज । सप्तरी जिल्लाको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानको माग गर्दै राजविराजस्थित गजेन्द्रचोकमा विद्यार्थीले जारी राखेको रिले अनशन सोमबार तेश्रो दिन पनि जारी रह्यो ।

चौधबुँदे मागसहित गुराँस बाल क्लबको अगुवाइमा सुरु गरिएको रिले अनशन जारी रहेको क्लबका अध्यक्ष मो जकउल्लाहले बताउनुभयो ।

शैक्षिक क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्न यसअघि जेठ २५ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापनपत्र पठाउँदा हालसम्म कुनै सुनुवाइ नभएकाले बाध्य भएर आफूहरु अनशनमा बसेको अध्यक्ष जकउल्लाहले जानकारी दिनुभयो ।

कुनै पनि बन्द, हडतालमा विद्यालय एक दिनको लागि पनि बन्द नहुने गरी पूर्णरुपमा शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, देशभरिकै शिक्षकको शैक्षिक प्रमाणपत्र चेकजाँच हुनुपर्ने र नक्कली पाएमा सख्त कार्बाही गर्नुपर्ने, कक्षा १२ सम्मको रजिस्ट्रेसन फर्म, परीक्षा फर्म र प्राक्टिकल फर्म निःशुल्क हुनुपर्ने तथा एक कक्षा उत्तीर्ण गरी अर्को कक्षामा जान पुनः भर्नाको शुल्क नलाग्नुुपर्ने लगायतका माग अघि सार्दै उनीहरु रिले अनशन बसेका छन् ।

त्यस्तै, पाठ्यपुस्तक समयमै उपलब्ध गराउनु पर्ने, पाठ्यपुस्तकको मनपरि मूल्य नियन्त्रण गर्नुपर्ने, बन्द हडतालबाट विद्यालयलाई अलग गरेर राख्नुपर्ने, रजिस्ट्रेसन र परीक्षा शुल्क हटाउनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालयसरह सेवासुविधा उपलब्ध गराउनु पर्ने मागसमेत राखेका छन् ।

यसैबीच विद्यार्थीको रिले अनशनमा एक दर्जनभन्दा बढी संघसंस्थाले ऐक्यबद्धतासमेत जनाएको बताइएको छ । रिले अनशनबाट पनि माग पूरा नभए दोस्रो चरणको थप आन्दोलन गर्ने अध्यक्ष जकउल्लाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

    जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी...

गायक प्रशान्त तामाङको निधन

    गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट...

भेनेजुएलाको कार्यकारी राष्ट्रपतिमा डेल्सी रोड्रिगेज

     भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति...