स्थानीय शासन विधेयक संसद्मा पेश



काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘स्थानीय शासन विधेयक, २०७३’ प्रस्तुत भएको छ ।

उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले विधेयक प्रस्तुत गर्नुभएको हो ।

विधेयक प्रस्तुत गर्दै उपप्रधानमन्त्री गच्छेदारले, गाउँपालिका र नगरपालिकाको अधिकार क्षेत्रलाई स्पष्ट पार्न तथा सङ्घ र प्रदेशसँग स्थानीय तहको सम्बन्धलाई स्पष्ट पार्न विधेयक ल्याइएको बैठकलाई जानकारी दिनुभयो ।

विधेयकमा विरोधको सूचना दिँदै सांसदहरु प्रेम सुवाल, अनुराधा थापा मगर, डिल्लीप्रसाद काफ्लेले आफ्ना अवधारणा पेश गर्नुभएको थियो ।

साथै उहाँहरुले विरोधको सूचना फिर्ता नलिएपछि सभामुखले उक्त सूचनालाई निर्णयार्थ पेश गर्दा बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्