नायक बन्ने सपना बोकेका रुपेश



हाम्रो इकोनोमि

काठमाण्डौं । सप्तरी राजबिराजमा जन्मिएका रुपेश झाको धोको अरु केही नभएर नायक बन्ने रहेको खुलासा गरेका छन् । सानैदेखि अभिनयमा रुचि भएका झाले डिल्लीबाट ब्याचलर पुरा गरिसकेका छन् ।

पढाई डिल्लीबाट गरेका उनी आफ्नो जन्मभुमि नेपालबाट नै अभिनय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन लागिपरेका छन् । उनी अहिले काठमाण्डौंमा रहि अनवरत रुपमा लागिरहेका छन् । बेरी जोन एक्टिङ स्टुडियोमा अभिनय प्रशिक्षण लिँदै आईरहेका उनी अभिनयबाट नै आफुलाई सबैसामु चिनाउने सोच रहेको बताउँछन् ।

आफ्नो खुसि र रहर पुरा गर्नको लागि अभिनय क्षेत्रमा आफ्नो भविष्य देखेका रुपेश अभिनयमा मात्र नभएर लेखनमा पनि उत्तिकै रुचि राख्छन् । उनले १४–१५ वटा गित पनि लेखिसकेका छन् ।

५ फिट ९ इन्च हाईट भएका उनको सुन्दर ज्यानले सबैलाई आकर्षित पार्छ । उनले चलचित्रमा काम गरेर स्टार बन्ने सपना देखेका छन् । एउटा कलाकारमा हुनुपर्ने गुण आफूमा भएको र आत्मविश्वास नै सबैभन्दा ठूलो शक्ति भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...