सप्तरीका बाढीपीडितलाई रु २५ हजार राहत



काठमाडौँ । सरकारले सप्तरीका बाढीपीडितको टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार रु २५ हजार राहत दिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिद्को बैठकले टहरा निर्माणका लागि रु १५ हजार र जस्तापाता खरिदका लागि रु १० हजार गरी कुल रु २५ हजार राहत दिने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जानकारी दिनुभयो ।

सप्तरीका विभिन्न खोला र नदीमा आएको बाढीबाट प्रभावित एवम् विस्थापित क्षेत्रको स्थलगत निरीक्षणपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितलाई रु २५ हजार राहत उपलब्ध गराउने तथा उनीहरुको बसोबासको व्यवस्था गर्न रु १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था गर्ने प्रतिवद्धता घोषणा गर्नुभएको थियो ।

दुई हप्ता अगाडि खाडो, जातो र मौली नदीमा आएको बाढीले त्यहाँको बाँध भत्काउनुका साथै सप्तरीका एक दर्जन गाउँ डुबानमा पारेका थिए ।

सो बाढीबाट कञ्चनरूप नगरपालिका तथा तिरहुत, रूपनी, तिलाठी कोइलाडी र कृष्णासवरण गाउँपालिकाकालगायत दर्जनौँ गाउँमा पानी पसेर डुबानमा पारेको थियो । बाढीबाट त्यहाँका करिब एक हजार ५०० भन्दा बढी घर डुबानमा परेका थिए ।

यसैगरी मन्त्रिपरिषद्ले बैठकले सप्तरीका बाढपीडितको बसोबासको व्यवस्था गर्न रु १५ लाख सहुलियत ऋण दिने पनि निर्णय गरेको छ । बैठकले प्रतिनिधिसभाको सदस्य निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका–संसद्मा पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरिएको अर्थमन्त्री कार्कीले जानकारी दिनुभयो । भट्टराईले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकारको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि