किन रोकिए एक हजार चार सय गाडी



चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन रोकिँदा गएराति मात्र एक हजार ४०० सवारी साधन रोकिएका छन् ।

नारायणगढतर्फ ६०० र मुग्लिनतर्फ ८०० सवारी साधन रोकिएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार नारायणगढतर्फको दासढुङ्गाको बासखोला पुलमा यात्रुबाहक सवारी र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ बजेबाट आवागमनमा रोक लगाइएको थियो । जसमा २०० बस, ३०० ट्रक र १०० हलुका सवारीसाधन रोकिएको उहाँले बताउनुभयो ।

ती सवारी साधनलाई बिहान ४ बजे छाडिएको थियो । त्यसैगरी मुग्लिनतर्फबाट आउने सवारीका लागि मुग्लिन, आँबुखैरहनी र लेवरटारमा साँझ ७ बजे रोकिएको थियो । जसमा ३०० बस, ४०० ट्रक र १०० हलुका सवारी साधन रोकिएको प्रहरी निरीक्षक पन्तले बताउनुभयो ।

बिहान ५ बजे मुग्लिनतर्फबाट बाटो खुल्ला गरिएको थियो । काठमाडौँबाट आएका यात्रुबाहक सवारीलाई मुग्लिनबजारमा र मालबाहक सवारीलाई लेवरटारमा रोकिएको थियो । पोखरातर्फबाट आएका सबैखालका सवारीलाई आँबुखैरहनीमा रोकिएको पन्तले बताउनुभयो ।

यसअघि व्यवस्थापिका–संसद्को विकास समितिले असार ११ गते उक्त सडकखण्डको अनुगमन गरेको थियो । समितिले गृहमन्त्रालय, स्थानीय विकास मन्त्रालयलगायतका सरोकारवाला मन्त्रालयलाई उक्त सडकखण्डका बारेमा ११ बुँदे विशेष ध्यानाकर्षण गराएको थियो । ध्यानाकर्षणपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय कार्यान्वयन गराउँदै आइतबारबाट रातीको समयमा सवारी आवागमन रोकेको हो ।

दिउँसोको समयमा सहज यातायात सञ्चालन गर्न विशेष व्यवस्था गरिएको छ । उक्त सडकखण्डमा तीनवटा ¥यापिट रेस्पोन्स टिम ९आरआरटी० को व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । सातजना ट्राफिकसहित ३२ जना प्रहरी थप गरी आरआरटीलाई प्रभावकारी बनाइएको उहाँले बताउनुभयो । तीनवटा आरआरटी टिममध्ये प्रत्येकमा दुईजना प्रहरी, दुईजना सशस्त्र, एक ट्राफिक र एकजना सेफ्टी इञ्जिनियर रहेको उहाँले जानकारी दिनुभयो ।

तीनवटा समूहले सात-सात किलोमिटर क्षेत्रको अनुगमन गरिरहेका छन् । जसका कारण करिब तीन घन्टाको अवधिमा सवारीसाधनले सडक पार गरेको प्रहरीले जनाएको छ । दिउँसो १२ बजेसम्ममा राति रोकिएका सबै सवारीले सडक पार गरिसक्ने ट्राफिक प्रहरी प्रमुख पन्तले बताउनुभयो ।

हालसम्म उक्त सडकको निर्माण कार्य ५१ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका