उपेन्द्र यादवको पार्टीले भन्यो – संबिधान संशोधन फेल हुन्छ,पुनर्लेखन गर्नुपर्छ



संघीय समाजवादी फोरमले अहिलेको संविधान संशोधन प्रस्तावले तराई–मधेसको समस्या समाधान नहुने भन्दै संघीय समाजवादीले विधेयक परिमार्जन गरी संविधान संशोधन एवं पुनर्लेखन गरिनु पर्दछ, भनेको छ ।अहिलेको संविधान संशोधन प्रस्तावलाई परिमार्जन गरेर मात्रै संसदमा छलफल गराउनु पर्ने निष्कर्ष निकालेको हो ।
पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको पदाधिकारी बैठकले संविधान संशोधनका सम्बन्धमा यस्तो निर्णय गरेको हो ।

संघीय समाजवादीका प्रमुख सचेतक डा. शिवजी यादवले सुरुमा उठेका मुद्दाहरु आन्दोलनरत पक्ष र सरकारी पक्षबाट कमजोर पारिएकाले जस्ताको त्यस्तै संशोधन विधेयकमाथि छलफल गराउनुको अर्थ नरहेको बताए ।

उनले भने, ‘राजपालाई चुनावमा सहभागि गराउन र मतदानमा मात्रै लैजान संविधान संशोधन गर्न लागिएको छ । यसरी समस्या समाधान हुँदैन । समस्या जहाँको त्यही हुनेछ । राजपा चुनावमा मात्रै सहभागि भएको सिद्ध हुने छ ।’ यसले उपलब्धि हुँदैन ।

यस्तै, डा. यादवले अर्को खतराको संकेत समेत गरेका छन् । उनले भने, ‘अंक गणितमा मात्रै ध्यान दिइएको छ । सवैलाई मान्य हुनेगरी संशोधन विधेयक ल्याइएको छैन । पास वा फेल भनेर निर्णयार्थ पेश भएको खण्डमा यो संशोधन फेल हुन्छ ।’
संसदीय इतिहासमा सांसद लुकाउने र किन्ने घटना भएका उदाहरण छन्, ‘अहिले पनि सबैलाई मान्य हुने गरी संविधान संशोधन विधेयक परिमार्जन गर्नै पर्छ ।

नभए फेल गराउने वातावरण बन्दै गएको देखिन्छ ।’ भोलि हामीले भने जस्तो भएन भनिएला । फेरि संशोधन गरौँ भन्ने आवाज उठ्ला, डा. यादवले थपे, ‘यसरी अघि बढ्ने हो भने जहिल्यै संविधान संशोधनकै झमेला आइलाग्ने अवस्था आउने छ । जसलाई चित्त बुझेन उसले अड्को थाप्न सक्ने भए ।’ त्यसैले सोच विचार र छलफल गरेर मात्रै संशोधन अघि बढाइनु पर्दछ भनेका हौँ, उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
देशको समस्या समाधान गर्ने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा

गिरिबन्धुको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चुनौती

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन

राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम जानकी मन्दिरमा

    राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम आइपुगेका छन् । नागरिकता विधेयक प्रमाणीकरणपछि जानकी

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षबीच भेट

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रिय जनकंग्रेसका