‘आफ्नै कमजोरीले काँग्रेस दोस्रो’



हाम्रो इकोनोमि

नगरकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले पहिलो र दोस्रो स्थानीय निर्वाचनमा आफ्नै कमजोरीका कारण नेपाली काँग्रेस दोस्रो भएको बताउनुभएको छ ।

शहीद भरतगोपाल झाको ७८ औंँ जन्मजयन्ती तथा उहाँको कारागार दैनिकी ‘उही झा’ नामक पुस्तकको आज लोकार्पण गर्दै नेता डा महतले पार्टीभित्रको अन्तरद्वन्द्वलाई सम्हाल्न नसक्दा आफ्नो पार्टी दोस्रो भएको र आगामी दिनमा पनि यस्तो कमजोरी रहिरहेमा पार्टीलाई ठूलो धक्का पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय निर्वाचनमा हामी दोस्रो भयौँं होला तर आफ्नो जिम्मेवारी र कर्तव्यबाट भने हामी कहिले पनि विमुख हुनेछैनौँ । ”

कार्यक्रममा सभासद् रामेश्वरप्रसाद ढुङ्गेल, पूर्व जिल्ला सभापति तिलक कायस्थ, रामबहादुर ठकुरीलगायतले स्व झाको सम्झना गर्दै उहाँको योगदानका विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा स्व झाकी धर्मपत्नी शारदा, पार्टी जिल्ला सभापति दुर्लभ थापा, क्षेत्रीय सभापति जीवन खत्री, नारायण खायमली, काँग्रेसका नेता तथा झाका मित्र गोविन्द जोशी, थिमी नगरपालिका उपप्रमुख अञ्जना मधिकर्मी, नेत्री रजनी जोन्छेलगायतले झालाई सरकारले नै शहीद घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...