कर्मचारी समायोजन विधेयक संसदमा



संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्न आवश्यक भन्दै ‘कर्मचारी समायोजन विधेयक, २०७३’ प्रस्तुत गरिएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री एवम् सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाका तर्फबाट उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा जनतालाई सरकारी सेवा प्रवाह गर्नका लागि तत्काल कर्मचारीको समायोजन गर्न कानुनको आवश्यकता परेकाले सो विधेयक ल्याउनुपरेको बताउनुभएको थियो ।

यसअघि, ‘कर्मचारी समायोजन विधेयक, २०७३’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको सांसदहरु प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम